जनताको घर – घरमा अपार



दिपक बोहरा 

दाङ , १४ मंसिर । मंसिर २१ गते हुन लागेको निर्बाचनलाई मध्यनजर गरी दाङ क्षेत्र नं.३ को प्रदेशसभा १ का उम्मेदवार जग प्रशाद शर्मा ‘अपार’ चुनाबी अभियानमै ब्यबस्त छन् । अहिले उनी चुनाबी कोणसभा संगै घरदैलोमा पनि ब्यस्त छन् । निकै ईमान्दार, सरल स्वभाबका उनी बोलिका पनि परिपक्क हुन् । उनले जे भनेका छन्, त्यो पुरा गरेरै छोडेका छन् । उनको यही स्वभाबले नै मतदाताका आर्कषणका केन्द्र बन्ने गरेका छन् ।

मतदातालाई उनको नाम सुन्ने बित्तिकै लाग्थ्यो, उनी भोट माग्न आउदा आफ्ना प्रतिद्वण्द्वी बिरुद्ध गतल कुरा गर्छन, अनी झुठ्ठा आस्वासन बाड्छन् होला । तर उनलाई प्रत्यक्ष रुपमा भेट्दा न त उनी आफ्ना प्रतिद्वण्द्वी बिरुद्ध कुरा नै गर्छन, न त झुठ्ठा आस्वासन नै दिन्छन् । आफुले जे काम गर्न सकिन्छ, त्यही काम सरल भाषामा ब्यक्त गर्छन, जसले गर्दा पनि उनी मतदाताका आर्कषणका केन्द्र बन्ने गरेका छन् ।

माओवादी केन्द्रका स्थायी कमिटिका सदस्य समेत रहेका उनी पार्टीका बिश्वासका पात्र मानिन्छन् । उनको ३० बर्षको संघर्ष पछि मात्रै उनले एउटा अबशर पाएका छन् । राजनीतिमा प्रबेश गरेको लामो समय सम्म पनि उनले कुनै अबशर पाएका थिएनन् । राजनीतिमा लामो अनुभब बटुलेका उनी जनताको घरदैलोमा पुग्दा योग्य, सक्षम , ईमान्दार उम्मेदवार पाएकोमा खुसी ब्यक्त गर्छन् ।

उनले तुलसीपुर उपमहानगरका प्रत्येक घरघरमा पुगेर भोट मागिरहेका छन्, भने केही घरमा जाने तयारी मै छन् । माओवादी केन्द्र र एमालेबीच भएको चुनाबी तालमेले गर्दा मुलुकमा बामपन्थिको सरकार बन्ने निश्चित भएपछि अहिले मतदाता पनि भोट खेर फाल्ने पक्षमा नभएको अपारले बताए ।
बामपन्थिले बिकास र समृद्धिका लागि गठबन्धन गरेको भन्दै जताले बामपन्थिकै हातबाट मुलुक समृद्ध भएको देख्न चाहेको बताए । काग्रेस पटक पटक सरकारमा बसेपनि दाङको बिकासका लागि सिन्कोपनि नभाँचेको भन्दै अब मतदाताले बामपन्थी बाहेक अर्को बिकल्प नरोज्ने समेत उनले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्