म मेरो देश कोरना अनि धर्म र जात



वैशाख  काठमाडौँ                                                                                                                                                                                                               आज एकै पटक १४ जना संक्रमित पुष्टि भए संगै नेपालमा कोरनाको संख्या ३० जना पुगेको छ जून अत्यन्तै चिन्ताको बिषय हो । ३० जना मध्य केही पहिले भारतबाट नेपाल आएका नेपाली थिए भने आज पनी १२ जना भारतीय नागरिक रहेछन । यसले हामी भारतीय नाकाबाट धेरै असुरक्षित छौ त्यहा कड़ा निगरानी गर्नु अत्यावश्यक छ भनेर पाठ पनी सिकाएको छ यो विषयमा नेपाल सरकार र सम्बन्धित नाकाका स्थानीय सरकार गम्भीर बनोस । यो संगै समाचार र सामाजिक संजालमा आएका केही साथीहरूको प्रतिक्रिया पढेर चिन्तापनी लागेको छ । नेपालका मुस्लिमहरूको इतिहास फर्केर हेरौ गर्व गर्न लायक नै छ र यो समुदायले आफ्नो धर्म संस्कृतिलाई मान्ने क्रममा नेपालको अहित हूने र अन्य समुदायलाई प्रभाव पार्ने असर गर्ने कुनै गतिविधि गरेको घटना सुन्न पढ़न परेको छैन । यदि राष्ट्रीयता र धार्मिक सामाजिक सद्भाव र सहिष्णुता जोख्ने तुलो र जाच्ने कसी कही कतै छ भने नेपालका मुस्लिम समुदायको जोखियोस नापियोस । एक लाल र रत्तीभर यहाँका बहुसंख्यक हिन्दूहरूको भन्दा कम भेटिएछ भने सिर चढ़ाऊँन तयार छौ । यो प्रमाण पेस गरेर मैले आज भेटीएका भारतीय मुस्लिम नागरिक जो कोरना संक्रमितहरुको बचाऊँ गर्न खोजेको होईंन उनिहरु प्रति मेरो सहानुभूति पनी होईंन केवल उनिहरू मुस्लिम भएकै कारण सम्पूर्ण नेपाली मुस्लिम समुदाय र हामिले प्रार्थना गर्ने पवित्र मस्जिदलाई लक्षित गरी आएका समाचार र प्रतिक्रिया प्रति खेद हो । पहिलो क़ुरा अहिले यो कोरना धर्म जात समुदाय र भूगोल हेरेर फैलिएको छैन त्यसैले यसलाई अतिवादी सोचले विश्लेषण गर्नु न्यायोचित हूदैन । चाईनाबाट सूरू भएको भाईरसले विश्व ढाँकी सक्दापनी अझै मानिसहरु यसलाई आरोप प्रत्यारोपको विषय बनाएर अल्झीएका छन जस्को कारण अमेरिका यूरोप हुदै भारतमा पनी बढ़दो छ । साबधानि अपनाउने समय जती एकअर्कालाई दोष लगाउन खर्चिनेमा अमेरिका यूरोप मात्र हैन भारत पनी लाग्यो । हिन्दू मुस्लिम नाम दिएर राजनैतिक रोटी सेक्ने साधन बनाउनुनै ठुलो भूल भारतको हुदैछ । भारतीय भाषा नेपालीले बूझ्ने हूनाले भारतीय मिडियाले नेपालीहरु लाई पनी आफ्नो टिआरपी बढ़ाउने ग्राहकका रुपमा प्रयोग गर्दै आएकोछ । नेपालबाट कोरना भारत पठाऊने समाचार होस वा ज़ालिम मुखिया काण्ड होस सबै झुट साबित भैसके । त्यही मिडियाहरूको समाचारलाई आधार बनाई नेपालका ठूला देखी साना कोठे अनलाइन सम्मले मुस्लिम समुदायको तब्लिकी जमात मस्जिद मदर्शा र मल्बि मौलाना (शिक्षक/धर्मगुरु) हरू प्रति नकारात्मक समाचार लेखेर सिंगो समुदायलाई अपमानित बनाएका छन । त्यही समाचारहरू पढेर सामाजिक संजालमा मुस्लिम समुदायलाईनै तथानाम भन्नेहरू प्रति केही यथार्थ बुझाऊने मिडियाको खाँचों छ । कोही मिडियाले साथ दिए त्यो भ्रमलाई चिर्न र मुस्लिम समुदाय प्रतिको नकारात्मक धारणालाई फ़ेर्न मद्दत पूग्नेछ । नेपालमा मात्र हैन तब्लिकी जमात विश्व भरि घूमिरहेका हुन्छन जस्को उद्धेस्य भनेको मुस्लिम समुदायलाई धर्म सम्बन्धि सहि शिक्षा र अनुसरण गर्ने सहि तरिका सिकाउने हो यो शिलसिला सयौ वर्ष देखी चलिरहेको छ जून कहिले यसरी विवादित बनेको थिएन । नेपालमा पनी बिभिन्न देशका धर्म गुरु र शिक्षकहरू आऊने गर्छन उनिहरु मस्जिदमै नमाज़ पढ़न आऊने मुस्लिमहरूलाइ मस्जिद भित्रनै आफ्नो शिक्षा दिने गर्छन । उनिहरुलाई मस्जिद मदर्शामै भएको मुसाफिर खाना अर्थात अतिथिघरमा बस्ने खाने ब्यावस्था हुन्छ । जसरी सन्त साधुहरू मन्दिरकै आश्रमहरुमा बस्ने ब्यवस्था हुन्छ त्यस्तै हो मुसाफिर खाना । यी १२ जना भारतीय मुस्लिम मस्जिदमा भेटिनु पनी त्यही उद्देश्यले बसेका हुन संयोगले लुकेका देखियो जून बुझाई ग़लत छ । जब नेपालमा कोरनाका कारण लकडाउन भयो लगत्तै उनिहरु त्यहा बसेको जानकारी सम्बन्धित मस्जिदका ज़िम्मेवार व्यक्तिहरूले स्थानीय सरकारलाई गराउनु पर्ने थियो नगराउनु ग़ल्ती भएको हो । यदि लक डाउन पछी उनिहरु नेपाल आएका हुन भने नाका सुरक्षा र सरकारको निगरानी संगै मस्जिदमा बस्न दिनेहरुको लापरवाही हो । तर त्यसलाइ सिंगो धर्म समुदायनै रोग फैलाऊन लुकेका हुन र यिनीहरुकै कारण कोरना फैलीएको हो भन्ने गरी धारणा बनाउनु उचित हैन । नेपाल भरिका सबै मस्जिद मदर्शाले सरकारले निर्देशन दिएपछी मस्जिद मदर्शाका गतिविधिहरू स्थगित गरेका छन । ३० जना मध्य १२ जना बाहेक अन्य १८ जना गैर मुस्लिम हुन तर उनिहरुको पछाड़ी धर्म र जात जोड़ीएन मुस्लिमको मात्र जोड़ियों यसरी धर्म जात प्रकोप संग जोड़ने भारत र नेपालमा मात्र हो यूरोप अमेरिका लगायत अरब देशमा नेपाली दाज़ुभाईहरुलाई संक्रमण भएको छ कही कतै हिन्दू मुस्लिम ईसाई भनेर तिरस्कार गरेको भेटिदैन समान रूपले उपचार गर्ने देखी संरक्षण समेत गरेका छन । यूरोप अमेरिकामा पनी यी मुस्लिम हिन्दू भनेर भनेको सुनिदैन हामी किन यसरी आस्था संग जोडेर धारणा बनाउछौ सुन्दा पढ़दा दिक्क लाग्छ । हाम्रो पुर्खौ देखीको सद्भावलाई सामाजिक सांस्कृतिक भाईचारलाइ विचलित बनाउने गरी समाचार सम्प्रेषण नगरीदिनु हुन अनुरोध छ । ति १२ जना भारतीयमा पोजेटिभ देखिनुमा हामी सबै त्रसित छौ ।त्यही माथी सिंगो आस्थाप्रतिको प्रहारले चोट पूर्याएको छ । एकदुई जनाको लापरवाही र ग़ल्तीले सबैलाई नैतिकताको कठघरामा उभ्याउनु ग़लत हो । मुस्लिम समुदायका ज़िम्मेवारहरूले पनी यस्ता क़ुराहरूमा ध्यान दिनुपर्छ अरु कुनै ठाऊमा यदि कोही मस्जिद मदर्शामा आश्रय लिएर फ़सेका छन भने तुरुन्त सम्बन्धित निकायमा ख़बर गरौ । मस्जिद मदर्शा मठ मन्दिर र चर्चहरुमा गरिने दैनिक नित्यकर्म घरमै गरौ । इस्लाम धर्मले पहिले अल्लाह (ईश्वर) दोश्रो संदेस्टा र तेस्रो आफ्नो देशको सरकारको निर्देशनलाई पालना ग़र भनेको छ त्यसैले यो संकटमा आफू बच्नू अरुलाई बचाऊँनू जस्तो ठुलो पुण्य केही होईन भन्ने सन्देशलाई ब्यबहारमा लागू गरौ सरकारको निर्देशनलाई पूर्ण रुपमा पालना गरौ ।                                                                                                                                                                                                                       मोहम्मद अजिज अली स्याङजा

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्