तुलसीपुरमा अन्तराष्ट्रिय स्तरको खेल मैदान बनाउछु – अपार



सैघाली खबर,
तुलसीपुर १४मंसिर ।
बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नं. ३ को प्रदेशसभा १ का उम्मेदवार जगप्रसाद शर्मा ‘अपार’ले तुलसीपुरमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

तुलसीपुर ९ का बिभिन्न स्थानमा भएका चु्नाबी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहेका अपारले जिल्लामै क्रिकेट मैदान नहुँदा यहाँको खेल क्षेत्रको बिकास हुन नसकेको भन्दै आफुले यस क्षेत्रमा अन्तराष्ट्रिय स्तरको खेल मैदान निर्माण गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले यहाँ खेल मैदान निर्माण गरि यहाँका खेलाडीहरुलाई अन्तराष्ट्रिय स्तरमा पु¥याउने लक्ष्य रहेको उनले बताए ।

खेल क्षेत्रबाट तुलसीपुरको नाम अन्तराष्ट्रिय स्तरमा पु¥याउन सकिने भन्दै उनले यहाँ खेल मैदानको अपरिहार्य रहेको समेत बताए । खेल स्वास्थ्यका लागि पनि महत्वपुर्ण रहेको बताए ।

यस अघि यहाँबाट जितेका सांसदहरुले खेल मैदान निर्माण गर्ने भनी आस्वानसन दिए पनि पुरा नगरेको भन्दै उनले अब आफैले यहाँ अन्तराष्ट्रिय स्तरको खेल मैदान निर्माण गर्ने बताए । ‘ म अरु जस्तो आजै बाटो पिच गर्छु, खानेपानी पु¥याईदिन्छु भन्दिन्’ उनले भने ‘ यस्ता थुप्रै योजनाहरु हामीले घोषणा पत्रमा समाबेश गरेका छौं, ती ऐजेण्डाहरु हामीले ५ बर्षमा पुरा गर्छौं ।’

साथै उनले राष्ट्रिय महत्वका योजनालाई बिशेष महत्व दिएर अघि सारेको बताए । उनले यहाँका सुकुम्बासी समस्या, अब्यबस्थित बसोबासलाई ब्यबस्थित बनाउने, बाढीपीडितका समस्या सामाधान, घोराही–तुलसीपुर सडक खण्डमा पुल निर्माण, सिंचाई, खानेपानीलगायतका थुप्रै एजेण्डा अघि सारेको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्