सैघाली खबर,
गुल्मी, १४ –मंसिर ।भिरबाट लडेर गुल्मीमा एकजना अहेवको ज्यान गएको छ ।
खरबारीमा घाँस उठाउने क्रममा रेसुङ्गा नगरपालिका वडा नं। १२ उर्लेनी निवासी अन्दाजी ४० वर्षीय देवनाथ पन्थीको बिहीबार बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्विेदीले जानकारी दिनुभयो ।
उहाँ त्यही वडाको स्वास्थ्य चौकीमा अहेव हुनुहुन्थ्यो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।