वम विस्फोटमा मारिएका बिनोदका परिवारलाई सरकारले २५ लाख उपलब्ध गराउँछ – प्रजिअ



 

सैघाली खबर

दाङ , १४ मंसिर । दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बम विष्फोटमा मारिएका म्यादी प्रहरी बिनोद चौधरीका परिवारलाई सरकारले २५ लाख राहत स्वरुप उपलब्ध गराउने जानकारी दिनु भएको छ । बिहीवार विहान तुलसीपुर उपमहनगरपालिका वडा नं. १२ क्वाङ्गी स्थित चौधरीको निवासमा श्रद्धाञ्जली दिन पुगेका प्रजिअ श्रेष्ठले त्यस्तो जानकारी दिनु भएको हो । बिमा बाफतको १५ लाख र सरकारको राहत स्वरुप १० लाख सम गरी २५ लाख रकम पिडित परिवारलाई उपलब्ध गराइने बताउनुभयो ।

निर्वाचन प्रयोजनका लागि देशभर ९६ हजार म्यादी प्रहरी भर्ना भएको भएपनि चौधरी पहिलो सहिद भएको उहाँले बताउनुभयो । राज्यको लागि प्राण त्यागगर्ने बिनोद पहिलो म्यादी हुन,’– त्यसैले राज्यले र प्रहरी संगठनले समेत यथोचित सम्मान गर्नेछ ।’ प्रजिअ श्रेष्ठले भने । उनले प्रहरी र म्यादी प्रहरीवाट स्वइच्छिक रकम संकलन गरेर मृतक चौधरीका परिवारलाई आर्थिक सहयोग गरिने बताए । बिनोद की श्रीमती १९ बर्षीया अञ्जना चौधरीलाई रोजगारको व्यवस्था छोरी प्रमिसाको पठन पाठनको व्यवस्था समेत गर्ने बताउनुभयो ।

त्यस अबसरमा अवसरमा ५ नं. प्रदेश प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक मधुप्रशाद पुडासैनीले किरिया खर्चको लागि व्यक्तिगत रुपमा प्रदान गरेको २५ हजार नगद र जिल्ला प्रहरी कार्यालय दाङको तर्फवाट एसपी दुर्गा सिंहले नगद २५ हजार गरि ५० हजार प्रदान गरिएको मृर्तक परिवारलाई प्रदान गरिएको थियो ।तुलसीपुर उपमहानरपालिका द्धारा किरिया खर्च बाफत २५ हजार प्रदान गरेको छ । श्रद्धाञ्जली दिन पुगेका तुलसीपुर उमपहानगरपालिकाका मेयर घनश्याम पाण्डेले उपमहानगरपालिकाको तर्फवाट २५ हजार रुँपैंया किरिया खर्च वाफत चौधरी परिवारलाई उपलब्ध गराउने घोषणा गर्नु भएको थियो ।मेयर पाण्डेले चौधरीकी डेढ बर्षीया छोरी प्रमिसा चौधरीको कक्षा १२ सम्मको सम्पूर्ण पढाई खर्च उपमहानगरपालिकाले बेहोर्ने घोषणा गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्