भावी प्रधानन्यायाधीश सिफारिस अन्योलमा, कहिले बस्छ न्याय परिषद् बैठक ?



 

sarbochcha-adalat२२ जेठ, काठमाडौं ।

प्रधानन्यायाधीश सुशीला कार्कीले अवकाश पाउने दिन नजिकिँदै जाँदासमेत भावी प्रधानन्यायाधीशको नाम सिफारिस हुन सकेको छैन ।न्याय परिषद्को बैठक बस्न नसक्दा भावी प्रधानन्यायाधीश सिफारिस अन्योलमा परेको छ ।प्रधानन्यायाधीश न्याय परिषद्को अध्यक्ष हुने व्यवस्था छ । न्याय परिषद् ऐनअनुसार प्रधानन्यायाधीशको अध्यक्षतामा पाँच सदस्यीय समिति रहने प्रावधान छ ।कानूनमन्त्री, सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश, प्रधानमन्त्रीको सिफारिसमा नियुक्त एकजना कानूनविद् र नेपाल बार एसोसिएसनका एकजना सदस्य रहने प्रावधान छ । न्यायपरिषद् बैठकमा सदस्यमध्ये बहुमत अनुपस्थित रहने भएपछि बैठक नराखिएको सर्वोच्च अदालत स्रोतले जानकारी दियो । सोही कारण प्रधानन्यायाधीश कार्कीले अहिलेसम्म न्याय परिषद् बैठकको मिति तोक्न सकेकी छैनन् ।

साभार अनलाईन खबर…………………..

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्