दाङको बादी बस्तीमा भोकमरी: राहात नपाएको गुनासो (हेर्नुहोस् भिडियोमा)



काठमाडौं । कोरोना भाइरसले गर्दा अहिले विपन्न तथा लकडाउनमा फसेकाहरुलाई निकै सास्ती भएको छ ।लकडाउनका कारण विभन्न ज्याला मजदुरी गर्नेहरु अप्ठ्यारोमा परेका छन् । यस्ता समस्यामा परेका र फसेकाहरुलाई विभन्न जिल्लामा अहिले राहात वितरणको कार्य भइरहेको छ ।

कोरोनाको महामारी विश्व भर फैलिए सँगै, विश्वमा संकट निम्ताएको छ । यस्तै नेपालमा पनि दिनहु संक्रमितको संख्या बढ्दै गएका हुुनाले सरकारले लकडाउनको अवधि पनि लम्बाईरहेको छ तर नेपालमा रहेका थुप्रै ज्याला मज्दुरी गर्ने जनताहरुले ठुलो सास्ती व्यहोर्नु परेको छ ।

सरकारले जनतालाई लकडाउनभर कोही पनि नेपाली भोकै मर्ने छैन हामी कोही नेपाली मर्न दिदैनौ, राहत समाग्री वडा वडामा पु¥याएका छौ भने पनि वस्तविक पिडित तथा विन्न वर्ग हरु कहासँँ स्थानिए निकाए पुग्न सकेको छैन ।

यस्तो दाङमा बसोबास गर्दै आएका बादी बस्तीमा ठुलौ समस्या खडा भएको छ । दाङ तुलसिपुर अबस्थीत बर्षै देखी बस्दै आएका करिव २०० परिवारको बादी बस्ती रहेको छ । दैनिक ज्याला मज्दुरी गरेर जिवन याचन गरिरहेका परिवार मा लकडाउन भएपछी, सबै कामहरु रोकिएकाले घर्मै बस्न बाध्य भएका छन् । अन्य कुनै घर खर्च गर्न चाहिने श्रोत नभएकाले लकडाउनको ठुलो मार खेप्दै भोकै छाक तार्न बाध्य भएका छन् ।

थाहा अनलाइनका टिम दाङको तुलसिपुरमा रहेको बादी बस्तीमा पुग्दा, त्यहाका बासीन्दाले भने रोगले होइन भोकले मरिन्छ । घरमा रहेको खाद्यन्न सबै सकिएको भन्दै भोकै बस्न बाध्य भएको बताए ।

दु खी गरिब तथा विपन्न परिवार का लागि सरकारले राहत छुट्टाएपनी सम्बन्धि ठाउमा नपुग्दा ठुलो संकतमा बाचिरहेका छन् । स्थानिए तथा वाडा बाट हामी कसैलाई पनि भोकै मर्न दिदैन भनिरहदा सम्बन्धित ठाउँ सम्म भने अहिले सम्म कुनै पनि राहत नपाएको सोही बादी बस्तीका स्थानिएले गुनासो गरे ।आगामी दिनमा स्थानिए निकाए वाडा कार्यालय, मेयर सम्म उहाहरुको आवाज पुगोस् भन्न अपेक्षा राख्दछौ ।

यसैबीच दाङको बादी बस्तीमा भोकमरी परेको छ त्यो त सबै लाई थाहा छ तर त्यहाँ कसैले राहत पुराइ दिदैनन ,किन भने अहिले सम्म घोराही उपमहानगरपालीकाले यो भन्दा ठुलो महामारी आउँछ कि भनेर हामीहरु हतार गरेका छैनौ भोकै मर्न दीनौ भनेको थियो तर अहिलेसम्म राहातको नाममा केही आएको छैन हाम्रो हालत खराब छ भन्दै यसरी भन्छ्न त्यहाँका पिडित :हेर्नुहोस् भिडियोमा

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्