दाङमा आज ३० औँ विश्व एड्स दिवस मनाइने



सैघाली खबर
दाङ, १५ मंसिर

‘स्वास्थ्य हाम्रो अधिकार’ भन्ने मुल नाराका साथ ३० औँ विश्व एड्स दिवस भोली दाङमा पनि मनाइने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा यो दिवस मनाउन लागिएको हो ।

जनस्वास्थ्य कार्यालय दाङका प्रमुख घनश्याम पोख्रेरलको अध्यक्षतामा  बसको बैठकले भोली घोराहीको तुलसीपुर चोकमा प्रचारात्मक स्टल राखेर दिवस मनाउने निर्णय गरेको छ । स्टलमा कण्डमको उपयोगिताबारे र एच.आई.भि एड्सको नियन्त्रणका जानकारी दिने आयोजक जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

जिल्लामा पछिल्लो समय बढ्दै गइरहेको एचआईभी एड्स रोकथाम र नियन्त्रणका लागि भोली कार्यालयले जनचेतनामुलक कार्यक्रम गरी दिवस मनाउने भएको हो ।
कार्यक्रममा उपस्थितिका लागि जिल्ला जनस्वास्थ्य कार्यालयका एचआईभी÷एड्स फोकल पर्सन ओमपि न्यौपानेले सबैमा आग्रह गर्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्