मुख्य समाचार

दाङमा आज ३० औँ विश्व एड्स दिवस मनाइने

By थाहा अनलाइन

December 01, 2017

सैघाली खबर दाङ, १५ मंसिर

‘स्वास्थ्य हाम्रो अधिकार’ भन्ने मुल नाराका साथ ३० औँ विश्व एड्स दिवस भोली दाङमा पनि मनाइने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा यो दिवस मनाउन लागिएको हो ।

जनस्वास्थ्य कार्यालय दाङका प्रमुख घनश्याम पोख्रेरलको अध्यक्षतामा  बसको बैठकले भोली घोराहीको तुलसीपुर चोकमा प्रचारात्मक स्टल राखेर दिवस मनाउने निर्णय गरेको छ । स्टलमा कण्डमको उपयोगिताबारे र एच.आई.भि एड्सको नियन्त्रणका जानकारी दिने आयोजक जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

जिल्लामा पछिल्लो समय बढ्दै गइरहेको एचआईभी एड्स रोकथाम र नियन्त्रणका लागि भोली कार्यालयले जनचेतनामुलक कार्यक्रम गरी दिवस मनाउने भएको हो । कार्यक्रममा उपस्थितिका लागि जिल्ला जनस्वास्थ्य कार्यालयका एचआईभी÷एड्स फोकल पर्सन ओमपि न्यौपानेले सबैमा आग्रह गर्नुभएको छ ।