सैघाली खबर
काठमाडौं,१५ मंसिर
निर्वाचन आयोगले दोस्रो चरणमा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बाट सुक्ष्म अनुगमन कर्ता खटाउने भएको छ । यही मंसिर २१ गते हुने ४५ जिल्लाका १ सय २८ निर्वाचन क्षेत्रका लागि उपसचिव स्तरका ८८ जना सुक्ष्म अनुगमन कर्ता लाई परिचालन गरिएको प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले जानकारी दिनुभयो ।
उनीहरुले आज देखि २२ गतेसम्म सूक्ष्म अनुगमन गर्नेछन् । अनुगमनका क्रममा देखिएका आचार संहिता विपरितका क्रियाकलापका बारेमा उनीहरुले आयोगलाई जानकारी गराउनुपर्नेछ ।
आयोगका सहसचिव नवराज ढकालले निर्वाचन प्रक्रिया, सूक्ष्म अनुगमनकर्ताको भूमिका र जिम्मेवारी, निर्वाचन आचार संहिताको पालना र उल्लङ्घन भएमा हुने कारबाही लगायतका विषयमा सूक्ष्म अनुगमन कर्तालाई हिजो प्रशिक्षण दिनुभएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।