समाचार

स्थगित भएको पश्चिम रुकुमका दुई मतदान केन्द्रमा आज मतदात हुँदै

By थाहा अनलाइन

December 01, 2017

सैघाली खबर काठमाडौं,१५ मंसिर

स्थगित भएको पश्चिम रुकुमका दुई मतदान केन्द्रमा आज मतदात हुँदैछ ।पश्चिम रुकुमका बाँफीकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका एक÷एक मतदान केन्द्रमा मतदान हुन लागेको हो ।

पहिलो चरणको निर्वाचनका क्रममा मतपेटिकामा एसिड हालिदिँदा मतपत्र जलेपछि स्थगित भएका केन्द्रमा पुनः मतदान हुन लागेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

बाँफीकोट गाउँपालिका ५ को रत्न आधारभूत विद्यालय काँडाको (क) मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको र आठबिसकोट नगरपालिका ११ को नेपाल राष्ट्रिय मावि गतसैनाको (ख) मतदान केन्द्रमा समानुपातिक तर्फको मतदान हुने मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले बताउनुभयो ।

बाँफीकोटको मतदान केन्द्रको मतपेटिकामा २ सय ४६ मत र आठबिसकोटको मतपेटिकामा ३ सय ३ मत खसेका बेला मतपेटिकामा आगो लागेको थियो ।