विश्वकप फुटबलको खेल तालिका आज सार्वजनिक गरिंदै



सैघाली खबर
काठमाडौं,१५ मंसिर

रुसमा अर्को वर्ष हुने विश्वकप फुटबलको खेल तालिका आज सार्वजनिक गरिंदैछ । रुसको मस्कोमा आज साँझ हुने एक विशेष समारोहका बिच विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फुटबलको समूह विभाजन र खेल तालिका सार्वजनिक गर्न लागेको हो । यसका लागि विश्वकपमा छनौट भएका सबै ३२ राष्ट्रका फुटबल संघ र टोलीका प्रतिनिधि मस्को पुगिसकेका छन् ।

सहभागी ३२ राष्ट्रलाई फिफा वरियताको आधारमा ४ वटा समूहमा राखिएको छ । शीर्ष वरियताप्राप्त राष्ट्रहरुको समूहमा जर्मनी, ब्राजिल, पोर्चुगल, अर्जेन्टिना, बेल्जियम, पोल्याण्ड, फ्रान्स र आयोजक रुस रहेका छन् ।

यसैगरी दोस्रो समूहमा स्पेन, पेरु, स्विट्जरल्याण्ड, इ्रग्ल्याण्ड, कोलम्बिया, मेक्सिको, उरुग्वे र क्रोएसिया छन् । तेस्रो समूहमामा डेनमार्क, आईसल्याण्ड, कोष्टारिका, स्विडेन, ट्युनिसिया, ईजिप्ट, सेनेगल र ईरान छन् भने चौथो समूहमा सर्विया, नाईजेरिया, अष्ट्रेलिया, जापान, मोरक्को, पानामा, दक्षिण कोरिया र साउदी अरेबिया छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्