दुई महिना देखी अञ्चल अस्पतालको एक्सरे सेवा बन्द



दिपक बोहरा, तुलसीपुर १५ मसिंर। ।
राप्ती अञ्चल अस्पताल तुलसीपुरमा दुई महिना देखी एक्सरे सेवा ठप्प छ । एक्सरे मेसिन बिग्रिएकाले दुई महिना देखी पनि सेवा सञ्चालन हुन नसकेको हो । एक्सरे मेसिन बिग्रिएको लामो समय बितिसक्दा पनि सम्बन्धित निकायले मर्मत गर्न कुनै चासो नदिदा यस्तो समस्या निम्तिएको हो ।

राप्ती अञ्चलकै ठुलो सरकारी अस्तालमा एक्सरे मेसिन बिग्रिएपछि सेवा ग्राही मर्कामा परेका छन् । सेवाग्राहीले महंगो रुपैया तिरेर निजि अस्पतालमा एक्सरे गराउन बाध्य रहेको गुनासो गरेका छन् । अञ्चाल अस्पतालमा साढे तीन सय रुपैयामा एक्सरे सेवा लिन सकिन्थ्यो तर निजि स्वास्थ्य संस्थामा पाँच सय देखी एक हजार सम्म तिर्न बाध्य रहेको सेवाग्रााहीको गुनासो छ । ‘

सस्तो र सरल सेवाका लागि अञ्चल अस्पतालमा आए’ सेवाग्रही तुलसीपुर ३ का नैनसिंह बिकले भने‘ अस्पतालमा सेवा पाउन नसकेपछि निजि क्लिनिकमा गएर एक्सरे गराए ।’ उनी मात्रै होईन्, बिगत दुई महिना देखी एक्सरे मेसिन बिग्रिदा धेरै सेवाग्रही मर्कामा परेका छन् ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट बिनोद सिंहले भने बिद्युत हाई र लो भोल्टेजले गर्दा एक्सरे मेसिन बिग्रिएको बताए । बिद्युत कतिबेला हाईभोल्टेज र कतिबेला लो भोल्टेज आउने गरेकाले गर्दा मेसिनको बोर्ड बिग्रिएको उनको भनाई छ । स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको उक्त मेसिन कोरियन रहेको भन्दै त्यसका पाटपुर्जापनि कोरियनबाट ल्याउनु पर्ने भएकाले ढिला भएको उनको भनाई छ ।
अहिले अस्पतालमा तीन वटा एक्सरे मेसिन भएपनि अहिले तीन वटै मेसिन सञ्चालनमा नआएको एक्सरे फाटमा कार्यरत डा. यज्ञ बहादुर थापाले बताए । एउटा नयाँ र दुई वटा पुराना मेसिन रहेपनि अहिले तीन वटै एक्सरे मेसिन सञ्चालनमा नरहेको उनले बताए । ‘ तीन वटा मेसिन छन्, उनले भने‘ तर अहिले तीनै वटा मेसिन सञ्चालनमा छैनन् ।’

नयाँ मेसिन भखरै ल्याएको र उक्त मेसिन जडान भईनसकेको उनको भनाई छ । ‘कोरियाबाटै बोर्ड ल्याउनु पर्ने भएकाले ढिला भएको हो’ उनले भने ‘ हामीले जानकारी गराएका छौं, अबको एक दुई दिनमै सेवा सञ्चालन हुन्छ ।’

यस बिषयमा आफुलाई भने कुनै जानकारी नभएको अस्पताल बिकास समितिका अध्यक्ष बिष्णु कुमार देवकोटाले जानकारी दिए । ‘अस्पताल बिकास समितिले ब्यबस्थापन पक्ष मात्रै हेर्ने हो ’ उनले भने ‘अस्पताल भित्रको काम सबै मेसुको जिम्मामा हुन्छ, हामीलाई त्यति जानकारी हुँदैन् ।’ उनले एक्सरे सेवा छिट्टै सञ्चालनमा ल्याउनका लागि अस्पताल प्रशासनलाई दवाव दिने समेत बताएका छन् । गबिर तथा बिपन्नले सेवा लिने अस्पताल भएकाले जति सक्दो चाँडो उक्त सेवा सञ्चालनमा ल्याउने उनले बताएका छन् । गरिब र विपन्न समुदायको अस्पताल भनेर चिनिएको अस्पतालमा तीन वटा एक्सरे मेसिन भएपनि बिगत दुई महिना देखी सेवा ठप्प हुनु दुःखद भएको सरोकारवालाले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्