मुख्य समाचार

मेरो प्रतिस्पर्धी कोही छैन : कांग्रेस नेता निधि

By थाहा अनलाइन

December 01, 2017

सैघाली खबर, जनकपुर, १५ –मंसिर ।नेपाली कांग्रेसका नेता तथा धनुषा क्षेत्र नम्बर –३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विमलेन्द्र निधिले आफ्नो निर्वाचन क्षेत्रमा प्रतिस्पर्धी कोहि नभएको बताउनुभएको छ । उहाँकै निवासमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा निधिले यस्तो बताउनुभएको हो । राजपा उम्मेदवार तथा निधिका प्रतिस्पर्धि राजेन्द्र महतोलाई इंकित गर्दै निधिले बाहिरको मान्छेलाई धनुषाका नागरिकले स्विकार नगर्ने बताउनुभयो । विगतमा यस क्षेत्रको लागि आफूले गरेको कामको मूल्यांकनले जनता आफ्नो पक्षमा रहेकाले आफू अत्याधिक मतले जित्ने र आफ्नो प्रतिष्पर्धा कसैसँग नरहेको निधिले दावी गर्नुभयो ।