संसद् खुलाउन सहमति प्रयास हुने, प्रधानमन्त्री निर्वाचन सुरुबाटै गर्न एमाले माग



rastapati-at-samsad-9

२२ जेठ, काठमाडौं ।

प्रमुख तीन दलबीच अवरुद्ध संसद् खुलाएर प्रधानमन्त्री निर्वाचन प्रक्रिया सहज रुपमा अघि बढाउने सहमति भएको छ । सभामुख ओनसरी घर्तीको पहलमा आइतबार भएको शीर्ष छलफलपछि सहमतिका लागि मंगलबार १ बजेसम्म संसद् बैठक स्थगित गरिएको छ ।‘दुई दिन पार्टीहरुबीच देखिएको अविश्वास र आशंका हल गर्न घनीभूत रुपमा द्विपक्षीय, बहुपक्षीय छलफल गरी सहमतिको प्रयास गरिनेछ,’ छलफलबाट बाहिरिएपछि एमाले नेता माधवकुमार नेपालले भने ।एमालेले प्रधानमन्त्री निर्वाचन प्रक्रिया सुरुबाट थाल्नुपर्ने अडान राखेको छ । संसद्लाई जानकारी नदिईकनै अघि बढाइएकोमा प्रक्रिया मान्य नहुने उसको धारणा छ ।

साभार अनलाईन खबर………………….

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्