मुख्य समाचार

आज देखि मदिरा बिक्रि वितरणमा रोक

By थाहा अनलाइन

December 01, 2017

सैघाली खबर, दाङ १५ मंसिर। आसन्न प्रतिनिधी र प्रदेससभा निर्वाचनलाई सुरक्षित बनाउन दाङ प्रशासनले जिल्लामा मदिरा बिक्रि बितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना जारी गरि आज देखी ६ दिन सम्म मदिरा बिक्रि बितरणमा रोक लगाएको हो ।

यही मंसिर २१ गते हुने निर्वाचनलाई सुरक्षित बनाउन दाङमा मदिरा विक्री वितरणमा रोक लगाईएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । जिल्ला सुरक्षा समितिको निर्णयबाट जिल्लामा छ दिनसम्म मदिरा विक्री वितरणमा रोक लगाउने निर्णय भए बमोजिम प्रशासनले सबैलाई जानकारी गराएको छ ।