ज्योतिषीलाई हात हेराएर प्रधानमन्त्री हुने दिन गए-ओली



सैघाली खबर,
झापा १५ मंसिर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्योतिषीलाई हात हेराएर प्रधानमन्त्री हुने दिन गएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई कटाक्ष गरेका छन् ।
केही दिनअघि प्रधानमन्त्री देउवाले आफूलाई ज्योतिषीले ७ पटक प्रधानमन्त्री हुन्छस् भनेको भनेर दिएको अभिव्यक्तिप्रति कटाक्ष गर्दै ओलीले प्रधानमन्त्री बन्न जनताको मन जित्नु पर्ने बताए । ओली आफ्नै चुनवी क्षेत्रअन्तर्गत दमकमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाप्रति निकै आक्रामक बनेका थिए ।
वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले अब जनताको मन जितेर वामपन्थी गठबन्धनले सरकार चलाउने बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्