समाचार

ज्योतिषीलाई हात हेराएर प्रधानमन्त्री हुने दिन गए-ओली

By थाहा अनलाइन

December 01, 2017

सैघाली खबर, झापा १५ मंसिर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्योतिषीलाई हात हेराएर प्रधानमन्त्री हुने दिन गएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई कटाक्ष गरेका छन् । केही दिनअघि प्रधानमन्त्री देउवाले आफूलाई ज्योतिषीले ७ पटक प्रधानमन्त्री हुन्छस् भनेको भनेर दिएको अभिव्यक्तिप्रति कटाक्ष गर्दै ओलीले प्रधानमन्त्री बन्न जनताको मन जित्नु पर्ने बताए । ओली आफ्नै चुनवी क्षेत्रअन्तर्गत दमकमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाप्रति निकै आक्रामक बनेका थिए । वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले अब जनताको मन जितेर वामपन्थी गठबन्धनले सरकार चलाउने बताए।