नेपाली फुटबललाई फिफाद्वारा पाँच लाख डलर आर्थिक सहयोग



काठमाडौं। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ ९एन्फा० लाई ५ लाख अमेरिकी डलर सहयोग दिने भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पर्न गएको आर्थिक संकटलाई सहायता प्रदान गर्ने उद्देश्यले फिफाले नेपाललाई ५ लाख अमेरिकी डलर दिने भएको हो ।

फिफाले कोरोनाविरुद्ध लड्न पहिलो चरणमा नेपालसहित आफ्ना २ सय ११ सदस्य राष्ट्रलाई आर्थिक सहयोग घोषणा गरेको छ ।फिफाले राहत कोषबाट आफ्ना सम्पूर्ण सदस्य राष्ट्रलाई कुल १ सय ५० विलियन अमेरिकी डलर प्रदान गर्नेछ ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पहिलो चरणमा अति प्रभावित राष्ट्रलाई आर्थिक सहयोग प्रदान गरिने बताएका छन् ।कोरोनाको कारण आफ्ना सदस्य राष्ट्रमा घरेलु लिग र फुटबल गतिविधि ठप्प हुँदा ठूलो आर्थिक घाटा व्यहोर्नुपरेको कारण आर्थिक सहायता प्रदान गर्न लागिएको फिफाले प्रष्ट पारेको छ ।

फिफाबाट आएको आर्थिक सहयोग सम्बन्धित संघले आफ्ना कर्मचारीको तलबमा खर्च गर्नु पर्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्