अपाङ मैत्री भवन अनिवार्य हुनुपर्ने-चौधरी



सुशिल बस्नेत,
दाङ १५ मंसिर।
श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले अपाङ मैत्री भवन अनिवार्य हुनुपर्ने बताउनुभएको छ । ऐन र नियममा ब्यबस्था भएपनि लागु हुन अझै नसकेकोमा राज्यमन्त्री चौधरीले दुख ब्यक्त गर्नुभयो । राप्ती बहिरा संघ दाङको १८ औ बार्षिक साधारण सभामा आज शुक्रबार तुलसीपुरमा सम्बोधन गर्नुहुदै यस अघि बनि सकेका भवनलाई मर्मत सुधार गरेर भएपनि अपाङ मैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । यदी नँया भवन बन्दै छन् भने ती अनिवार्य अपाङमैत्री बन्नुपर्ने बताउनुभयो ।

उहाले अव बन्ने प्रदेश सभाले स्थानीय तहका सबै सरकारी तथा गैरसरकारी कार्यालयहरुको भौतिक पूर्बाधार अपाङमैत्री भए नभएको पालना गराउने बताउनुभयो । अपाङता भएका ब्यक्तिहरुको पालनपोषन,शिक्षा,रोजगार,औषधि उपचार र सुरक्षा भत्ताका बारेमा थप प्रभाबकारी बनाउन आफुले प्रतिबद्धता जनाउछु,निर्वाचन क्षेत्र नम्वर ३ (१)मा प्रदेश सभा सदस्यका उम्मेदवार चौधरीले बताउनुभयो ।

सो अबसरमा नेपाली काग्रेस दाङका सभापति कृत्तिबहादुर खड्का,नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी,नेपाल रेडक्रस सोसाईटी दाङ शाखाका सभापति नारायण आचार्य,नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रीयासन,मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिब एबम पत्रकार सुशील बस्नेत,महिला मानव अधिकार रक्षक सञ्जालकी जिल्ला अध्यक्ष सुष्मा गिरी, गुरुजजुर उच्च माबि रक्षाचौरका शिक्षक प्रमोद आचार्य ,डाक्टर मुक्तिनाथ रौनीयार,नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघका उपमहासचिब सुरेश हमाल,नेपाल नेत्रहिन संघका अध्यक्ष रामबहादुर खड्का लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

सो अबसरमा संघका कार्यक्रम निर्देशक प्रतीमा शर्माले बिगतमा सम्पादन गरिएका काम,अबसर र चुनौतीका बारेमा जानकारी गराउनुभएको थियो ।

संघका अध्यक्ष अजय शर्माको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको सांगठनीक तथा आर्थिक प्रतिबेदन सहसचिब सुनीता छन्त्यालले प्रस्तुत गर्नुभएको थियो । स्वागत मन्तब्य संघका सदस्य अम्विका डाँगी र सहजीकरण देवा डाँँगीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्