दाङको विकास र प्रादेशिक राजधानी सबै उम्मेदवारका प्रमुख एजेण्डा



शरद रेग्मी
दाङः, मंसिर २१ । को निर्वाचन नजिकिँदै गर्दा दाङमा चुनावी रौनक बढेको छ। शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी सभामा प्रमुख दलका उम्मेदवारहरुले जिल्लाको विकास र प्रादेशिक राजधानी दाङलाई नै बनाउने उद्घोष गरेका छन्। कांग्रेस र बाम गठबन्धनका उम्मेदवारहरुले समग्र जिल्लाको विकास र पाँच नम्बर प्रदेशको राजधानी दाङलाई बनाउने नै आफूहरुका प्रमुख एजेण्डा भएको बताएका छन्।कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता एवम् दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार कृष्णबहादुर महराले वाम गठबन्धनको बुहमतमात्रै नभएर दुई तिहाईभन्दा बढि बहुमत आउने दाबी गरेका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै नेता महराले वाम गठबन्धनको बहुमत आउनेमा कुनै शंका नभएको स्पष्ट पारे। उनले थपे,“हामी साधारण बहुमतमात्रै होईन, दुई तिहाईभन्दा बढि मत ल्याएर सरकार बनाउँछौं, निर्वाचनपछि यहाँहरुले यो कुरा थाहा पाइनै हाल्नु हुन्छ।”

 

 

बाम गठबन्धनले दुई तिहाई ल्याउँछ पोखरेल

कार्यक्रममा नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोखरेलले आसन्न निर्वाचनमा बाम गठबन्धनले प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने दाबी गर्नु भएको छ। उहाँले एमाले र माओवादी केन्द्रले भविष्यमा एउटै पार्टी बनाउने संकल्प गरेकाले कार्यकर्ता र जनता उत्साहित भएको बताउनु भयो। उहाँले बाम गठबन्धनभित्र पार्टीको नीति र सिद्धान्तबारे कुनै विवाद नरहेकाले चुनाव लगत्तै एकता हुने बताउनुभयो। बामगठबन्धन समाजवादकै पक्षमा रहेको दाबी गर्दै पोखरेलले कांग्रेस आफ्नो आदर्शबाट च्यूत भएको आरोप लगाउनु भयो।

दाङ काँग्रेसले जित्छ खनाल

यस्तै, साक्षात्कारमा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभाकालागि नेपाली कांग्रेसका उम्मेद्धवार राजु खनालले आफूले वाम गठबन्धनका उम्मेद्धवार कृष्णबहादुर महरालाई पराजित गर्ने दाबी गरेका छन् । यो क्षेत्रमा कांग्रेसले बाजी मार्छ, मैले बाजी मार्छु । यो लेखेर राखे हुन्छ।”
०७० को निर्वाचनमा पनि आफूले उक्त क्षेत्रबाट दोब्बर मत प्राप्त गरेर विजयी हाँसिल गरेको स्मरण गराउँदै खनालले भने,“म यो ठाउँबाट डबल मतले जितेर गएको छु, पहिला मैले गरेका प्रतिबद्धताहरु पूरा गरेको छु । कांग्रेसको जन प्रतिनिधिको हिसाबले मैले धेरै काम गरेको छु। यो क्षेत्रमा मैले जति विकासका कार्यक्रमहरु अरु कसैले गरेको छैन्।”

यसैगरी तुलसीपुरमा आजै आयोजित साक्षात्कारमा दाङ्ग क्षेत्र नं ३ वाट लोकतान्त्रिक गठवन्धनका साझा उम्मेद्वार तथा कांग्रेस नेता दिपक गिरीले आफ्नो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट केपी शर्मा ओली नै चुनाव लड्न आए पनि पराजित गरि दिने दाबी गरेका छन् । उनले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई वाम गठबन्धन नभएर कम्युनिष्ट गठबन्धनको संज्ञा दिए ।दाङ क्षेत्र नम्बर ३ का प्रदेश सभा क बाट लोकतान्त्रिक गठबन्धनका साझाउम्मेद्धवार रहेका डिल्ली चौधरीले निर्वाचनमा लोकतान्त्रिक गठबन्धनले नै बहुमत ल्याउने र सरकार बनाउने ठोकुवा गरेका छन् । देश भर नेपाली कांग्रेसको पक्षमा व्यापक जनलहर देखिएकोले आफ्नो पार्टीले चुनाव जित्नेमा कुनै शंका नभएको उनको जिकिर थियो ।क्लबका केन्द्रीय अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा सम्पन्न चुनावी साक्षात्कार कार्यक्रमको सहजीकरण रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीले गरेका थिए।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्