बाजागाजा सहित घोराहीमा वृहत रोड




सैघाली खबर

दाङ, १५ मंसिर । आसन्न प्रतिनिधी र प्रदेससभा निर्वाचनलाई लक्षित गरि बाम गठबन्धले शुक्रबार दाङको घोराहीमा बृहत घरदैलो अभियान गरेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धनले तामझामका साथ घोराही बजारमा बिशाल ¥यालीको आयोजना गरी घरदैलो गरेका हुन् । दाङ क्षेत्रनम्वर २ बाट प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनका उम्मेदवार कृष्णबहादुर महरा र २ नम्वर क्षेत्रको प्रदेससभा सदस्य (१) का उम्मेदवार शंकर पोख्रेलसहितका नेता र सैयांै कार्यकर्ताहरुले बाजागाजा सहित मतदाताको घरघरमा पुगेर भोट मागेका छन् ।

संविधान कार्यान्वयनको चरणमा रहेको चुनावबाट आफूहरुलाई जिताउन अपिल गर्दै नेताहरुले मतदाताहरुसँग भोट माग्दै घरदैलोमा पुगेका थिए । झाँकी जुलुससहित घरदैलोमा पुगेका उम्मेदवारलाई मतदाताहरुले टीका र माला लगाई दिएर शुभकामना दिएका छन् । चुनावपछि देशमा राजनीतिक अस्थिरताको अन्त्य गरी स्थिर सरकार बनाउने र नागरिकहरुलाई अधिकार सम्पन्न बनाउँदै समृद्धिमा लाग्ने उम्मेदवारहरुले मतदाताहरु समक्ष प्रतिबद्धता जनाएका छन् । चुनावी अभियानलाई रोड सो नाम दिएका गठबन्धनले घोराही बजारको परिक्रमा गरी तुलसीपुर चोकमा पुगेर समापन गरेका हुन् । मतदाताहरुले अधिकार, न्याय र विकासलाई प्राथमिकता दिन उम्मेदवारहरुलाई सुझाव समेत दिएका छन् । निर्वाचनको मिति छोटिदै जाँदा दलहरुले घरदैलो गर्ने र भोट माग्ने क्रमलाई अझ बढी ब्यापकता बनाइरहेका छन् । बाम गठबन्धनसहित नेपाली कांग्रेस र अन्य विभिन्न दलहरुले दैनिक दर्जनांै कार्यक्रमहरुमा सहभागिता र घरदैलो कार्यक्रमहरुका लागि भोट माग्न घरघरमा पुग्ने क्रम जारी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्