युकेमा स्याङ्जा सहयोग समाज गठन – अध्यक्षमा सार्दा गुरुङ



 सरु सुनार थाहा ,अनलाइन युके । कोरोना भाइरसले बिश्व भरी नै जनजीवन अस्तब्यस्त हुँदा नेपाल र नेपालीहरु पनि कोरोनाको प्रत्यक्ष प्रभावबाट निकै सास्ती झेलेका छन् । धेरै देशहरुमा अहिले अलपत्र अबस्थामा रहेका नेपाली आफ्नो देश फर्कन पाएका छैनन् । नेपालमा आर्थिक अबस्था कमजोर र दैनिकी ज्यालादारी गर्नेहरुको घरमा चुलो बल्न हम्मेहम्मे परेको अबस्था छ । नेपालमा कोरोना भाइरस नियन्त्रण र निर्मुल गर्न नेपाल सरकारले लकडाउन र अन्तर्राष्ट्रिय उडान समेत बन्द गरेको छ । एकातिर भोकमरी अर्को तिर स्वास्थ सामाग्रीको अपुग यो नेपाल सरकारको लागि पनि चुनौती नै बन्दै गएको छ । यहि नेपालको अबस्थालाई मध्य नजर गरि बेलायतमा रहेका स्याङ्जा जिल्ला भरीका जिल्लाबासीहरुलाइ समेटी य अनलाइनबाट नै स्याङ्जा सहयोग समाज april 19 मा गठन भएको छ । सबैको समर्थन र सहमतिमा सार्दा गुरुङ अध्यक्षमा चयन हुनुभएको छ ।

नब निर्वाचित अध्यक्ष सार्दा गुरुङसित सरु सुनारले गरेको सक्षित कुराकानी

थाहा अनलाइनमा यहाँलाई स्वागत छ ।

धन्यवाद ।

स्याङ्जा सहयोग समाजको अध्यक्षमा चयन हुनु भएकोमा यहाँलाई सर्बप्रथम त बधाई छ ।

तपाईंको छोटो परिचय बताइदिनु न ?

स्थायी घर पुतली बजार नगरपालिका, चिरूवा । हाल म कोल्मा बहाकोट समाज यूकेको माहासचिब, राँगभाङ समाज यू केको उपाध्यक्ष ,साहारा यू केको कोषाध्यक्ष , गैर आवासीय नेपाली सघं राज्य परिषद लण्डनको सल्लाहकार छु ।

कसरी र कहिले निर्वाचित हुनु भयो बताइदिनुन ?

– अहिले कोरोनाको महामारी बिश्वभरी नै फैलिएको हुँदा हामी भेटघाट प्रत्यक्ष रुपमा गर्न सक्ने अबस्थामा छैनौ ।त्यसैले गर्दा अनलाइनबाट ग्रुप कल छलफलबाट नै यो समाजको घोषणा गर्यौ । लगातार छलफल र ब्यक्तिगत कुराकानी त भैरहेको थियोे फाइनल april 19 मा मलाई निर्बिरोध अध्यक्षमा चयन गरियो र एउटा टिम बनाइयो ।

कोरोनाको महामारीमा यसरी नयाँ संघ संस्था खोल्नु राम्रो होर ?

-हजुर ! यहि कुरालाई लिएर नै हामीले यो समाजको स्थापना गर्न जरुरी भएर नै बनाएको हो । विशेष गरि अहिले नेपालमा आफ्नो जिल्लाबासीहरु पनि निकै समस्यामा पर्नु भएको छ म , थर्क सेन लगाएत केही साथीहरुले यो बेला आफ्नो जिल्लाका स्वास्थ चौकी देखि अस्पतालहरुमा पिपिइ र माक्सको समस्या भएको समाचार आएको हुँदा एक लाख सहयोग उठाई सहयोग गर्ने सल्लाह भयो यहि क्रममा धेरै स्याङ्जाली दाजुभाइहरु जोडिनु भयो हामीले सहयोग अभियान सगै सम्पर्कमा आउने सबैलाई साथ लिएर एउटा पुरै स्याङ्जाबासीहरुको समिति बनाऔ ।

बेलायतमा स्याङ्जा समाज छैन र ?

– छ समाज कालीगण्डकी स्याङ्जा समाज , ज्याग्दिखोला समाज , सोपाल स्याङ्जा समाज देखि थुप्रै छन् तर पुरै स्याङ्जालाई समेटी बनेको सस्था चाहिँ छैन त्यसैले भेगिय संस्थाहरुलाइ पनि समेटी सबैलाई एक सुत्रमा सिङ्गो स्याङ्जा जिल्लाबासीको समाज चाहिँ यो पहिलो हो बेलायतमा । बेलायतमा मात्र हो कि अरु देशमा नि छ ? स्याङ्जा समाज ३६ ओटा देशमा छ , अहिले हामीले बेलायतको गर्यौ अब ती ३६ ओटा देशहरुमा पनि छलफल गरि अघि बढने छौ ।

अहिले पुरै बेलायतभरी छरिएका स्याङ्जाबासीहरुको अध्यक्ष हुनु भएको छ अगामी योजना के- के छ सस्थालाइ कसरि अगाडी बढाउने सोच गर्नु भएको छ ?

– सबभन्दा पहिला त हामीले अहिलेको कोरोनाले निम्ताएको यो परिस्थितिमा आफ्ना जिल्लाबासी दाजुभाइ र परिवारलाई सहयोग गर्ने हो सगै स्याङ्जा जिल्लामा रहेका अस्पतालमा स्वास्थ सामाग्री उपलब्ध गराउने हो र अहिले यो सस्था र हाम्रो मुख्य उदेश्य नै covid 19 ले गर्दा परेका समस्या र अफटारालाइ सहयोग गर्ने हो र एक लाख २० हजार जति सकलन गरि स्याङ्जामा पठाएर अस्पतालमा पिपिइ र माक्स बितरण गरिसकेको छौ र अहिलेसम्म चार लाख जति सहयोग उठिरहेको छ अब छिटै स्याङ्जामा सहयोग गर्ने योजना गराइराखेका छौ । र अर्को कुरा बेलायतमा रहेका स्याङ्जाबासी दाजुभाइ दिदिबहिनी सबैलाई समेट्ने र अन्य सस्थालाइ पनि मर्च गरि सिङ्गो स्याङ्जा समाज बनाउने हो । आसा पनि छ धेरै नयाँ नयाँ जिल्लाबासी अहिले खोजीखोजी आउनु भएको छ ।

अन्त्यमा केही भन्नू छ ?

-विशेष गरि सरु जि यहालाइ र यहाँको अनलाइन टिमलाई विशेष धन्यवाद केही मेरा बिचार र योजनालाई सबै माझ पुराउन सहयोग गर्नु भएकोमा र अहिले कोरोनाले गर्दा नेपालीहरुमा धेरै समस्या परेको छ नेपाल होस् या बेलायत होस् या अन्य देश । यो बेला सबै सयमीत र धैर्य हुनुहोला म साथै म भर्खर अध्यक्षमा निर्वाचित भएको स्याङ्जा सहयोग समाज तपाईंहरुको दुखमा साथ छौ र सकेको सहयोग सदैब गर्ने छौ ।

धन्यवाद!

नबनिर्वाचित पदाधिकारीहरुको नामावली यसप्रकार छ :-

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्