द रिभर फाउन्डेसनद्वारा काठमाडौं-९ लाई १ लाख बराबरको सहयोग



द रिभर फाउन्डेसनले काठमाडौं महानगरपालिका–९ को कोरोना भाइरस विपद् व्यवस्थापन कोषलाई १ लाख १ हजार बराबरको खाद्यन्य गरेको छ ।

फाउन्डेसनले बडा नम्बर ९ का वडाध्यक्ष रामकृष्ण श्रेष्ठलाई सो लागत बराबरको खाद्यान्न आज हस्तान्तरण गरेको हो ।

कोरोना नियन्त्रणका लागि घोषणा गरिएको लकाउनका कारण दैनिक गुजारा चलाउन र चुल्हो बाल्न समस्या भइरहेका सर्वसाधारणलाई राहत होस् भनेर सहयोग गरेको फाउन्डेसनका अध्यक्ष तथा युवा व्यवयासी रघुनाथ पुरीले बताए ।

देशलाई समस्या परेको बेला सबै व्यवसायीले सहयोग र समस्या समाधानका लागि जुट्नुपर्ने उनको भनाई छ । फाउन्डेसनले आगामी दिन पनि कोरोना रोकथामका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

फाउन्डेसनले विगतमा पनि विपद् नियन्त्रण, विकास र धार्मिकस्थल निर्माणका लागि सहयोग गर्दै आएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्