नेपाल – भारत सिमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा




सैघाली खबर
दाङ मंसीर १५ । आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै दाङको सीमा ईलाकामा सुरक्षा ब्यबस्था कडा पारिएको छ । सिमा ईलाकाबाट निर्वाचन बिरोधी तत्वहरुको घुसपैठ तथा बिस्फोटकजन्य पदार्थहरुको ओसारपसार नियन्त्रणका लागि भारतिय सशस्त्र सिमा बल एसएसवि र सशस्त्र प्रहरी बल नेपालले सयुक्त रुपमा गस्ती सन्चालन गरि रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट कोइलाबासका प्रमुख सशस्त्र प्रहरी निरीक्षक ईश्वर डिसीले जानकारी दिए । उनले अहिलेसम्म अप्रिय घटना केही नभएको समेत जानकारी दिए । दाङ्गका सिमा नाकाहरु कोइलाबास, मुसि, खवरि, सिरिया, पटौली, गुरुङ्ग, खाङ्ग्रा लगाएतका नाकाहरुमा सुरक्षा गस्ती तिव्र पारिएको हो ।


सशस्त्र प्रहरी बल नेपालले २४ सै घन्टा सिमाक्षेत्रमा सुरक्षा गस्ती गरिरहेको र हालसम्म दाङ्गको सिमा क्षेत्रको सुरक्षा अवस्था सामान्य रहेको सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा कार्यालय दाङ्गका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक दिलिप कुमार शर्माले बताउनु भयो। दाङ्ग जिल्ला मा करिब ८३ किलोमिटर भारतसङ्गको सिमा ईलाका रहेको छ भने ३१वटा सिमा नाकाहरु रहेका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्