छोराका आशमा छोरी–छोरी ‘ रहर छैन , वाध्य छु ’



गिरिराज नेपाली
दाङ, १५ मंसिर । अब भयो भन्दैमा कसले मान्छ र ? छोरा चाहिन्छ नै भन्छन । १८ वर्षकी जेठी छोरी ११ कक्षामा पढ्छे । यो काखाकी छोरी २ महिनाकी पुगी । अरु तीन बहिनी घरमै छन । छोराको आशै–आशले पाँच बहिनी छोरी भए । नजन्माउन भने पनि परिवारले नमान्ने ,जन्माउ भने पाँच बहिनी छोरी नै पुगे । श्रीमान र परिवारले छोरा चाहिन्छ भने पछि छोराको आशले पाँच बहिनी छोरी जन्मीए भन्दै घोराही उपमहानगरपालिका– १ हर्नककी ३४ वर्षिय पिमा घर्तिले बताउनु भयो । आफुले छोरीमै भए पनि सन्तान रहर पुगेको बताउदै घर्तिले भन्नुभयो– ‘पाँच बहिनी छोरी भए, श्रीमानले मान्नु भैन , छोरा चाहिन्छ नै भन्नुहुन्छ । ’

भनिन्छ‘ छोरा र छोरी ’ सवै बराबरी । तर व्यवहारमा अझै पाउन गारो देखिन्छ । अशं खाने वंश नै चाहिने नेपाली समाजको पृतिसतात्मक सोच अझै फेरिन सकेको छ । घर्तिले भन्नुभयो– ‘गाउँको पनि डर छ, श्रीमान घरपरिवारको करै छ । ’ अब भयो भन्दैमा कसैले सुन्दैनन् । समाजले पनि कतिवेला कुरा काटेर हिड्छन । छोराको कोख नभएकी आमा समेत भन्दै कति पटकले परिवारले पनि जवाफ लगाउछन । घर्तिले भन्नुभयो– ‘ बुढाले मान्ने भए यो उमेरमा पनि सुत्केरीको पिडा किन सहनुपर्ने थियो र ? ’ उनैले नमान्दा आफुले यो उमेरा सम्म पनि काखमा नानी च्यापेर हिड्नु परेको छ ।

गाउँमै मजदुरी गरेर परिवारको जोहो चलेको परिवार रहेको सुनाउदै घर्तिले यि केटाकेटी हुर्काउन कति मुस्किल छैन । गाउँका जान्नेबुझ्ने अब भयो नजन्माउनु भनी सल्लाह दिन्छन । त्यो फिटिक्कै मान्दैनन उनले । ‘ रहर नहुदा नहुदै पनि आमा बन्नु परिरहेको उहाँको दुखेसो छ । उहाँले भन्नुभयो– ‘ अरु आमा बन्दा कति खुसी हुन्छन होला , तर म आमा बन्दा निकै पिडामा हुन्छ । ’ श्रीमानले अब नजन्माउ भन्दा मान्नुहुदैन ।

३÷ ३ वर्षको फरकमा ४ सन्तान रहेको उनीहरुको हेरचाह राम्रो संग गर्न नसकेको उहाँको भनाई छ । अब मलाई बच्चा पाउने रहर पुगिसकेको छ । तर अझै श्रीमान छोरा नै खोज्नुहुन्छ । साक्षर घर्ति परिवारमा परिवार नियोजनका बारे पनि कसैमा ज्ञान नभएकाले आफुले यस्तो पिडा खेप्नु परेको उनको भनाई छ । ‘ छोरी पनि छोरा समान हुदैनन् र ? भन्दै उहाँले ‘ईश्वरले छोरी नै दिन्छन मेरो दोष के छ र ? त्यो कुरा परिवार र श्रीमानले नाईनास्ती नै गर्छन ।

गाउँमा कतै गएर मेरो कोख जाँच गरौ भने स्वास्थ्यचौकी नै छैन । अलि टाढा नै जाउ भने घरको मेलो सर्दैन । जन्मेका ५ बहिनी पनि घरमै जन्मीए । दुरीका हिसावले घोराही बजार देखी नजिकैको दुरीमा हर्नक रहे पनि त्यहाँका स्थानिय महिलाहरु प्रजनन स्वास्थ्य अधिकार वाट निकै टाढा रहनु रहनु परेको छ ।

यौन तथा प्रजनन स्वास्थ्य अधिकार र शिक्षाका बारे जानकार नहुदा पिमा जस्तै अन्य महिलाहरु विभिन्न रोगको शिकार हुनु परेको छ । विहिवार महिला पुनःस्थापना केन्द्र दाङ ‘ओरेक ’ नेपालले आयोजना गरेको एकदिने स्वास्थ्य शिविरमा एक सय ५७ जनाले महिलाहरुले स्वास्थ्य परिक्षण गराएका छन । ओरेक नेपालकी अध्यक्ष तुलसा गिरीले अधिकाश महिलाहरु पाठेघर समस्याका विरामीहरु भेटिएको जानकारी दिनुभयो ।

बालबिवाह , यौन तथा प्रजनन स्वास्थ्य शिक्षाको अभावका कारण भोग्नु परेको समस्या विरामीहरु शिविरमा सहभागी भएको उहाँको भनाई छ । जसमा पाठेघर शल्यक्रिया ७, पाठेघार क्यान्सर ४ र ५ जना रिङप्रिसरी राखिएको गिरीले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्