अव किसान निरास हुनु पर्दैन, घर घरमा तरकारी खोज्दै चेम्बर



ओमप्रकाश गुप्ता/सिसहनियाँ, वैशाख १६
किसानको बारीमा तरकारी कुहिन नदिन तथा सहज अापुर्तीका लागि राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले किसानका घर घरमा तरकारी खोज्न सुरू गरेको छ ।

दाङ चेम्बर अफ कमर्सको समन्वयमा राप्ती चेम्बरले सोमबार देखि राप्ती गाउँपालिका भित्रका व्यवसायीक खेती गर्ने किसानको घरमै पुगेर तरकारी किन्न सुरू गरेको राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारीले जानकारी दिएका छन् । चेम्बरले किसान सँग किनेकै मुल्यमा उपभोक्ताहरूको घर घरमा तरकारी पुर्‍याउने गरेको छ । सोमबार चेम्बरले राप्ती गाउँपालिका वडा नम्बर ६ को सगरापुर,बगरापुर,पत्थरगढवा र कालापानीबाट भिन्डी,लाैका,करेला,काक्रा,फर्सी,टमाटर,बन्दागोभी,साग,बोडी लगायतको तरकारी खरिद गरेको थियोे । उता दाङ चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष श्रीधर महराले तरकारी बिक्री नभएकै कारण निरास हुन नपर्ने बताएका छन् ।

पालिका स्तरमा भएका चेम्बरको समन्वयमा दाङ जिल्ला भरि तरकारी खरिद गरि बिक्री गर्ने गरेको अध्यक्ष महराले बताएका छन् । अव चेम्बरले दैनिक रूपमा तरकारी खरिद गर्ने बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्