राष्ट्र भावका लागि राष्ट्रिय सेवा दल



सैघाली खबर
दाङ, १५ मंसिर । बालबालिकाहरुमा राष्ट्रभाव, मातृभाव , नैतिकशिक्षाबोध गराउने उद्देश्यले पद्यमोदय नमुना उच्च माविले सुरु गरेको राष्ट्रिय सेवा दल तालिम शुक्रवार सम्पन्न भएको छ । विद्यालयका प्राचार्य डा. कृष्णराज डिसीको अध्यक्षता एंव रिपुदर्मन गणका गणपति प्रमुख सेनानी राजन वुढाथोकीको प्रमुख आतिथ्यताका तालिम समापन गरिएको थियो ।

७९ आंै दिन सम्म जारी रहेको उक्त तालिममा ३६ जना विद्यार्थीहरुले सैन्य तालिमको प्रशिक्षण संगै मातृ सुरक्षा एक सच्चा नागरिक वा राष्ट्र सिपाईमा हुनुपर्ने गुणका बारेमा प्रशिक्षण दिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गणपति बुढाथोकीले राष्ट्रसुरक्षाको बोध हरेक बालबालिका हुनुपर्ने अति जरुरी रहेको बताउदै त्यो ज्ञानको सुरुवात घर र विद्यालय वाटै सुरु हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालय व्यावस्थापनि समितिका अध्यक्ष दिपेन्द्र कुमार घर्ति र अभिभावक सन्जय विक लगाएतकाले मन्तव्य व्यक्त गर्नभएको थियो । तालिममा सहभागी ३६ जना प्रशिक्षार्थीहरु लाई बन्द प्रशिक्षणका लागि नेपालगन्ज गणमा पठाउने तयारी रहेको शिक्षक निशान्त आचार्यले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण शिक्षक आचार्यले गर्नुभएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्