बम हमला नौ को मृत्यु



 

सैघाली खबर

एजेन्सी , १५ मंसिर । पाकिस्तानी शहर पेशावरस्थित एक कलेजमा प्रवेश गरी बन्दुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा नौ जनाको ज्यान गएको छ।
मारिनेमध्ये ८ जना विद्यार्थी र एक जना कर्मचारी रहेको प्रहरीले बताएको छ।अन्य ३६ जना घाइते छन्।
बुर्का लगाएका कम्तीमा तीन पुरुष रिक्सामा पेशावरस्थित कृषि तालिम केन्द्र पुगेको र त्यहाँभित्र प्रवेश गरेको बताइएको छ।

विस्फोट
सेनाका अनुसार सबै आक्रमणकारी मारिएका छन्।पाकिस्तानी तालिवानले आक्रमण आफूहरुले गराएको बताएको छ।इद ए मिलादको छुट्टीमा कलेज बन्द रहेको ठानिएको छ।

कलेजभित्रबाट कम्तीमा एउटा विस्फोटको आवाज सुनिएको सेनालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।प्रहरी र सेनाले उक्त क्षेत्रलाई घेराबन्दी गरेका छन्।एक जना घाइते विद्यार्थीले रोयटर्सलाई बताएअनुसार, कलेजभित्रै बस्ने ४०० जना विद्यार्थीमध्ये करिब १२० जना आक्रमणको समयमा उपस्थित रहेको बताइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्