अन्तर्राष्ट्रिय

बम हमला नौ को मृत्यु

By थाहा अनलाइन

December 01, 2017

 

सैघाली खबर

एजेन्सी , १५ मंसिर । पाकिस्तानी शहर पेशावरस्थित एक कलेजमा प्रवेश गरी बन्दुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा नौ जनाको ज्यान गएको छ। मारिनेमध्ये ८ जना विद्यार्थी र एक जना कर्मचारी रहेको प्रहरीले बताएको छ।अन्य ३६ जना घाइते छन्। बुर्का लगाएका कम्तीमा तीन पुरुष रिक्सामा पेशावरस्थित कृषि तालिम केन्द्र पुगेको र त्यहाँभित्र प्रवेश गरेको बताइएको छ।

विस्फोट सेनाका अनुसार सबै आक्रमणकारी मारिएका छन्।पाकिस्तानी तालिवानले आक्रमण आफूहरुले गराएको बताएको छ।इद ए मिलादको छुट्टीमा कलेज बन्द रहेको ठानिएको छ।

कलेजभित्रबाट कम्तीमा एउटा विस्फोटको आवाज सुनिएको सेनालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।प्रहरी र सेनाले उक्त क्षेत्रलाई घेराबन्दी गरेका छन्।एक जना घाइते विद्यार्थीले रोयटर्सलाई बताएअनुसार, कलेजभित्रै बस्ने ४०० जना विद्यार्थीमध्ये करिब १२० जना आक्रमणको समयमा उपस्थित रहेको बताइएको छ।