मुख्य समाचार

पुनः मतदान उत्साहजनक

By थाहा अनलाइन

December 01, 2017

सैघाली खबर रुकुम, १५ मंसिर । रुकुमको दुई मतदान केन्द्रमा रोकिएको मतदान शुक्रवार पुनः भएको छ । मतपेटिकामा एसिड हालिएपछि यहाँका दुई केन्द्रमा गरिएको पुनस् मतदान उत्साहजनक भएन ।

बाँफिकोट गाउँपालिका–५ रत्न आधारभूत विद्यालयको ‘क’ केन्द्रमा गत १० गतेको भन्दा ५ प्रतिशत कम मत खसेको छ । ६ सय ७२ मतदाता रहेको उक्त केन्द्रमा अघिल्लो पटक ४ सय ३२ अर्थात् ६४ दशमलव २८ प्रतिशत मत खसेकोमा शुक्रबार भने ५९ दशमलव ०७ प्रतिशत अर्थात् ३ सय ९७ मात्रै खसेको छ ।