बलिउड अभिनेता इरफान खानको मृ-त्यु




बलिउड अभिनेता इरफान खानको मृत्यु भएको छ। मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालको आईसीयूमा उपचार क्रममा उनको ५४ वर्षको उमेरमा मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन्।

उनको पेटमा संक्रमण भएको उनका प्रवक्ताले मंगलबार जनाएका थिए। गत शनिबार मात्रै उनकी आमा सइदा बेगमको मृत्यु भएको थियो। उनकी आमा ९५ वर्षकी थिइन्। सन् २०१८ मा इरफानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो। पछिल्लो समय इरफानले अंग्रेजी मिडियम नामक फिल्ममा अभिनय गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्