संसद भवनमा अवलोकन गर्न प्रधानमन्त्री



संघीय संसदको बजेट अधिवेशन सञ्चालन गर्ने तयारी भएको छ। दुबै सदनका बैठक सञ्चालन गर्ने तयारीको अवलोकन प्रधानमन्त्री केपी शर्मा ओली अहिले संसद भवन नयाँ बानेश्वर पुगेका छन्।

प्रधानमन्त्री ओलीसँगै सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फे पनि संसद भवन गएका छन्।

यसअघि आजै सभामुख सापकोटाले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका थिए।

सापकोटाले प्रधानमन्त्री ओलीसँग भेट गरी बजेट अधिवेशन आह्वान गर्न ढिलाइ नगर्न सुझाएका हुन्।

सरकारले ल्याउने नीति तथा कार्यक्रम र प्रि-बजेट छलफलमा ढिलाइ हुने उल्लेख गर्दै सापकोटाले बैठक बोलाउन आग्रह गरेका थिए।

सभामुख सापकोटाले संघीय संसद भवनमा सामाजिक दूरी कायम गरेर बैठक गर्न सकिने प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्