नगरपालिका लाई एक व्यक्ति ले गरे १ लाख २५ हजार सहयोग



रुकुम (पश्चिम) । रुकुम पश्चिमका एक व्यक्तिले आठविसकोट नगरपालिकाको कोभिड १९ विपद व्यवस्थापन कोषमा १ लाख २५ हजार रुपैयाँ जम्मा गरेका छन् । रुकुम पश्चिम आठविसकोट नगरपालिका–१० घारिखोलाका भिमराज केसीले मंगलबार नगरपालिकाको विपद कोषमा सहयोग रकम जम्मा गर्नुभएको हो ।

यती विल्डर्स कम्पनीका प्रमुखसमेत रहेका केसीले नगरप्रमुख गोर्ख बहादुर केसीलाई रकम हस्तानतरण गरेका छन् । कोभिड १९ विरुद्ध लड्न नगरपालिकाले गरेका रहेक कामको प्रशंसा गर्दै उनले यस अभियानमा नगरपालिकालाई सघाउ पुर्याउन सहयोग गरिएको बताए ।विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस रोकथाम तथा न्युनिकरणका लागि आठविसकोटका जनता पनि स्थानीय सरकारसँगै हातेमालो गर्दै अघि बढेका छन् । अहिलेसम्म आठविसकोट नगरपालिकाको कोभिड १९ विपद व्यवस्थापन कोषमा १३ लाख पचास हजार नगद जम्मा भएको छ ।

विभिन्न व्यक्ति, संघसंस्था, जेष्ठ नागरिक, अपांग, महिला श्रमिक, वैदेशिक रोजगारमा गएका युवालगायत सबैले हरेक क्षेत्रबाट नगरपालिकालाई सहयोग गरिरहेका छन् । एकले थुकि सुकि सयले थुकि नदी भने जस्तै आफ्नो दक्ष अनुुसार २० रुपैयाँ भएपनि सहयोग गर्न नगर प्रमुख केसीले आग्रह गर्नु भएको छ ।          https://www.youtube.com/watch?v=RSMji6RzEiM&t=182s

प्रतिक्रिया दिनुहोस्