मतदाताहरुको प्रश्न–‘जित्नु भयो भने पुल बन्छ नि ?’



गिरिराज नेपाली
दाङ, १५ मंसिर । बर्खा के हिउदे के दङगालीलाई सदाबहार उस्तै भो ? बर्खा छदैछ थियो । हिउद खोलामा हिड्नै मुस्किछ । यदी विरामी भयो भने अस्पताल नपु¥याउदै खोलैमा मर्ने जस्तो छ । अब भन्नुस् नेता ज्युहरु के तपाईहरुले जित्नुभयो साँच्चै पुल बन्छ ? भन्दै मतदाताहरुले उम्मेदवारहरु सिधा प्रश्न गरे । असल समाज दाङले शुक्रवार घोराहीमा आयोजना गरेको दाङ क्षेत्र नं. २ का उम्मेदवारहरु संगको बहसमा मतदाताहरु नागरिक समाज दाङका सचिव चन्द्रराज पन्तले यस्तो जिज्ञासा राख्नुभयो । उहाँले भन्नुभयो– ‘कतिन्जुले हामी यस्तो सास्ती खेप्नुपर्छ । दलहरुको ओठे कुराले अब पुल बन्लाजस्तो लाग्दैन । यतिमध्ये एउटाले चुनाव अवश्य जित्नुहुने छ । साँच्चिकै पुल बन्छ ? सार्वजानिक कार्यक्रममा उहाँले उम्मेदवार संग ठाँडो उत्तर खोज्नुभयो ।

निर्माण थालनी भएको पाँच वर्ष वितिसक्दा समेत सम्वन्धीत कार्यालयले ,ठेकेदार लाई दोष लगाई पन्छने , नेताले कार्यालयलाई दोष लगाउदैमा वर्षाै वितिसक्यो । अब हामीले कतिन्जुल धुँलो र सकसको यात्रा बाँच्नु र गर्नुपर्ने हो भन्दै उहाँले उम्मेदवारहरु गुनासो पोख्नु भयो ।

पुल निर्माण र दाङको विकास लाई नेता कार्यकर्ताहरुले भजाउदै आईरहेका छन । यतिका वर्ष सम्ममा नदेखाका पुल र विकास नेता र उम्मेदवारहरुले भर्खर देखेका हुन भन्दै मतदाताहरु निरासता पोखे । अधँरो पुल माथिको राजनितिले जनतामा निरासता पैदा भएको स्थानिय हरि वहादुर बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो – ‘ कटुवाखोला पुल अहिलेको हैन ।’ वर्षाै भयो त्यो निर्माण हुन लागेको र त्यो माथिको राजनितिक दोहोरी चलेको पनि , अब बन्ला भन्ने आश दलहरुको आश्वासनले दिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो– ‘नेतागणहरु अब पुलमा राजनितिक नगरौ , निर्माणमा सवै सहमत हौऔ । मैले लिएको र मेरो पार्टीले दिएको भन्दा पनि त्यो दङगाली जनताका सवैले सुविस्ता र दाङको विकासका लागि गौरवका विषय हो ।

सवैले दल, नेता , उम्मेदवार र जनताहरु दाङको पुर्वाधार विकास उन्नतीका लागि सहमत हुन आग्रह गर्नुभयो । मतदाताहरु विज्ञासा मेट्दै उम्मेदवारहरुले दाङको विकासका लागि कुरा होईन अब काम गरेर देखाउने बेला आएको नेताहरुले बताएका छन । वामगठन्धनका साझा उम्मेदवार एंव उपप्रधानमन्त्री कृष्ण वहादुर महराले दाङको विकासका पार्टी र नेपाल सरकारको तर्फवाट अरवौ रकम लगानी गरी दाङका सडक, खानेपानी, स्वास्थ्य, शिक्षा, खेलकुद र कृर्षि लगाएतका क्षेत्रले विकास गति लिईसकेको बताउनुभयो ।

उहाँले मतदाताहरुको जिज्ञासा मेट्दै विकास साधक भन्दा वढि वाँधकहरुको हालिमुहाली देखिएकाले दाङको विकास अन्यौलता तिर लम्कीरहेको त्यो मतदाताहरु बुझ्न जरुरी रहेको पनि अपिल गर्नुभयो । भने प्रदेश नं. ५ का मुख्यमन्त्रीका दावेदार एंव प्रदेश अबको मेरो संकल्प नै समुन्नत दाङ र राजधानी दाङ गठवन्धनको दृढ संकल्प रहेको बताउनुभयो । त्यस्तै नेपाली काँग्रेसका प्रदेशसभाका उम्मेदवार कमलकिशोर घिमिरे, राष्ट्रिय जनमोर्चाका गणेश आचार्य र नयाँशक्ति पार्टीका उम्मेदवार गगन शाहको भनाई पनि राख्नुभएको थियो ।

फरक–फरक दलका उस्ताउस्तै नारा
यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी मैदानमा उत्रिएका दलका नेता कार्यकर्ता , उम्मेदवार लाई मात्रै होईन, मतदाताहरुलाई पनि चुनावी हुटहुटी निकै छ । दल र उम्मेदवारहरु फरक दलका फरक उम्मेदवाहरु रहे पनि सवैले भोट खेर्ने नाराहरु एउटै छन ।

साझा वामगठवन्धन, नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा एंव लगाएतका साना दलहरुले पनि बजाउने नारा एउटै छ । ‘ दाङ राजधानी, स्मार्ट सिटीको शहर , समृद्ध दाङ , पुलपुलेसा निर्माण र गाउँमै रोजगारी ’ जस्ता नाराहरु उम्मेदवारहरुले घरपिच्छे चोकैपिच्छे घरदैलोमा घन्काउदै हिडेका छन । भने चुनावी सभा, साक्षात्कार र सञ्चारमाध्यमका वार्तालापहरुमा उनै कुरा दल तथा उम्मेदवारहरुले पस्केका छन । भोट माग्ने र दिने आधारमा उनै बनाएका छन ।

दलहरुको चुनावी घोषणा पत्र छुटाछुट्टै निर्माण गरे पनि घोषणा पत्रमा एउटै कुरा दोहोरीएको छन । जसका कारण मतदाता÷ नागरिकहरु लाई कसको कुरा पत्याउने मुस्किल परेको घोराही १४ का स्थानिय कोपिला खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘सवैले दाङ बनाउने चुनावी नारा भुकेका छन । ’ तर त्यो कुरा चुनाव पहिले सिकन नबनेका होलान भनि उहाँले कटाक्ष गर्नुभयो । चुनाव आए मात्रै विकासे एजेण्डाको घोषणा पत्र र नारा बजाउने दलहरुले चुनावी अघि ति सवै कुरा किन बिर्सन्छन होलान । विकासका बेला मात्रै बज्ने नाराले दलहरुले लोकप्रियता मात्रै कमाउने विकासका काम सधै र सवै अँधुरै रहदै आईरहेको खड्काले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्