प्रदेश ५

बेलदमारमा अपरिचित व्यक्ति मृत फेला

By थाहा अनलाइन

December 01, 2017

सैघाली खबर

दाङ, १५ मंसिर । लमही नगरपालिका वडा नं। ६ वेल्दमार नजिकको जङ्गलमा एकजना व्यक्ति मृत फेला परेका छन् । मृतक साविक सौडियार–७ घर भएका २७ बर्षीय भुवन केसी रहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

परिवारका सदस्यहरुले केसी केही दिनदेखि वेपत्ता रहेको भन्दै प्रहरीमा खोजि गरिदिन निवदेन दिएका थिए । शव पोष्ट मार्टमका लागि उपक्षेत्रीय अस्पताल घोराही लगिएको लमही वडा नं। ६ का वडाध्यक्ष गणेशमान चौधरीले जानकारी दिए ।