समाचार

निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न निर्वाचन आयोगको आग्रह

By थाहा अनलाइन

December 02, 2017

सैघाली खबर काठमाडौं,१६ मंसिर

निर्वाचन आयोगले निर्वाचन आचार संहिता पूर्ण रुपमा पालना गर्न राजनितिक दलहरुलाई फेरी पनि आग्रह गरेको छ । पहिलो चरणको चुनाब देखि नै निर्वाचन आचार संहिता पूर्ण रुपमा पालना गर्न आयोगले दलहरुलाई आग्रह गरिरहेको छ ।

तर दल तथा उम्मेदवारले आचार संहिता पूर्ण रुपमा पालना गरेका छैनन् । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार दोस्रो चरणमा मात्रै आयोगमा १ सय भन्दा बढि आचार संहिता उल्लङघनका उजुरी परेको छ ।

प्रवक्ता ढकालले आचारसंहिता उल्लङ्घन नगर्न उम्मेदवारलाई पटक पटक सचेत गराएको तथा उल्लङ्घन गरे कारबाही गर्ने बताउनुभयो । यसैबिच, दोस्रो चरणमा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले खटाएको सुक्ष्म अनुगमनकर्ताले आज देखि काम थाल्ने भएका छन् ।

२१ गते निर्वाचन हुने ४५ जिल्लाका १ सय २८ निर्वाचन क्षेत्रका लागि उपसचिवस्तरका ८८ जना सुक्ष्म अनुगमनकर्ता परिचालन भएका छन् ।