अन्तर्राष्ट्रिय फुटबलमा कोरोनाको प्रभाव तीन वर्षसम्म पर्ने अनुमान



काठमाडौं । कोरोना भाइरसको प्रभाव अन्तर्राष्ट्रिय फुटबलमा आगामी तीन वर्षसम्म पर्ने युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले जनाएको छ ।

युरोपियन लिगका अध्यक्ष लार्स–क्रिष्टर ओल्सोनले कोरोना भाइरसको महामारीले परेको प्रभाव यकिन रुपमा थाहा पाउनका लागि पर्ख र हेरको अवस्था रहेको बताए ।

यो महामारीको प्रभाव सन् २०२२ को कतार विश्व कपमा पनि पर्ने देखिएको उनले बताए । युइएफएले च्याम्पियन्स लिग र युरोपा लिगका यो सिजनका बाँकी खेल आउँदो अगस्टमा सम्पन्न गर्ने अपेक्षा गरेको छ ।

तर यसको निर्णय भने अवस्था हेरेर मे को अन्त्यतिर लिइने जनाइएको छ । कोरोना भाइरसको महामारीका कारण अहिले विश्वका सबैजसो फुटबल गतिविधि रोकिएका छन् ।

यसकै कारण युरो पक २०२० र महिला युरो कप २०२१ एक–एक वर्ष पछि धकेलिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्