कटानको समस्या अन्त्य गर्छौ – अपार



दिपक बोहरा, तुलसीपुर १६ मंसिर ।
बामगठबन्धनको तर्फबाट दाङ क्षेत्र नंं. ३ को प्रदेशसभा १ का उम्मेदवार जग प्रसाद शर्मा ‘अपार’ले दाङका नदी तथा खोलाहरुको कटान मुक्त बनाउने प्रतिबद्धता जनाएका छन् ।

तुलसीपुर उपमहानगरपालिका १५ का बिभिन्न स्थानमा भएका चुनाबी सभालाई सम्बोधन गर्दै उनले बर्षेणी आउने बाढीले गर्दा घर जोखिममा पर्नुका साथै खेती योग्य जमिन कटान हुने गरेको भन्दै उक्त समस्याको स्थायी रुपमा समाधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले स्थानीय तहमा पनि बामगठबन्धनको सरकार बनेको र प्रदेश तथा केन्द्रमा पनि बामगठबन्धनकै एकलौटी सरकार बन्ने भन्दै आफुले योजना बनाएकै समयमा सबै बिकास निर्माणका काम गर्न सहज हुने उनले बताए । उनले जुन ठाउमा बढि समस्या देखिएको त्यस्ता समस्यालाई पहिलो प्राथामिकतामा राख्ने उनले बताए ।
कुनै ठाउ सुकुम्बासीको सम्स्या, कुनै ठाउ बाढीपीडित, कुनै ठाउ खानेपानी, कुनै ठाउ सिंचाई, शिक्ष, स्वास्थ्य, रोजगार,सञ्चारलगायतका समस्या रहेको भन्दै बढी आबश्यकतालाई पहिलो प्राथामिकता दिने उनले बताए ।

‘नदी तथा खोलाका किनारामा बस्नेहरुको डुवान तथा नदीले कडान गर्ने समस्या छ, भने ऐलानीमा बसोबास गर्दै आएकाहरुको सुकुम्बासी समस्या छ ’ उनले भने ‘ ती सबै समस्यालाई सामाधान पहिलो प्राथामिकतामा राखेर गछौं । समृद्धी र बिकासका लागि गरिएको बामएकताले दुई तिहाई बहुमत ल्याउने निश्चित भएको उनले बताए ।

देशका ठुला शक्ति माओवादी केन्द्र र एमालेबीचको एकताले जनताहरु उत्साहित भएको भन्दै अब मुलुकमा आमुल परिबर्तन ल्याउनहरुले साथ दिने बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्