आफूले शारीरिक सम्पर्क राखेको भिडियो सार्वजनिक भएपछि



Sex-Nepal

काठमाडौं,  १८असार । आफूले शारीरिक सम्पर्क राखेको भिडियो सार्वजनिक भएपछि एक दम्पत्तीले संसार त्यागेका छन् ।

भारतको मध्येप्रदेशको देवासमा एक दम्पत्तीले आत्महत्या गरेका छन् । निजी क्षणको भिडियो भाइरल भएपछि दम्पतीले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

देवास जिल्लाका यी दम्पतीले आफ्नो मोबाइलमा एक भिडियो खिचेका थिए । केही समयपछि त्यो मोबाइल हराएछ । हराएको मोबाइलबाट उनीहरुको भिडियो इन्टरनेटमा राखिएपछि भाइरल भयो । यो थाहा पाएपलगत्तै उनीहरुले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले यो घटनामा संलग्न भएको आधारमा पाँच जनालाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नयाँ पत्रिकामा खबर छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्