डा.केसीले दिए गगनलाई जितको शुभकामना



सैघाली खबर,
काठमाणडौ १६ मंसिर।
चिकित्सा शिक्षा क्षेत्रमा भएका वेथितिविरुद्धका अभियान्त डा।गोविन्द केसीले प्रतिनिधि सभाका उमेदवार गगन थापा तीन करोड नेपालीको हितमा बोल्ने र नीति बनाउने नेता भएको भन्दै उहालाई जितको लागि शुभकामना दिनु भएको छ

डा।केसीले आसन्न निर्वाचन सही नेता चुन्ने ऐतिहासिक अवसर भएको भन्दै तीन करोड नेपालीका हकहितमा बोलिदिने र नीति निर्माण गरिदिने व्यक्ति चुन्न आग्रह गर्नु भयो । ‘ संसद भनेको ऐन बनाउने र नीति बनाउने थलो भएको भन्दै गगन थापाजस्तो मान्छे निर्वाचित भएर आएमा देशलाई अझै अगाडि बढाउन सक्ने र नेतृत्व प्रधान गर्नसक्ने बताउनु भयो।

डा।केसीले धेरैका शीर्षस्त भनिने नेताहरू नै तीन करोड नेपालीको स्वस्थ रहेर जिउने र सबै विद्यार्थीले सुलभ शिक्षा पाउन भन्ने उद्देश्यले भएको आफ्नो अभियान विरुद्ध लाग्दा थापा तेस्रो अनशनदेखि नै अभियान्ताकै रुपमा काम गरेको बताएका छन् ।

उहाले  सुरुमा आफूले चिकित्सा शिक्षा ऐन बनाउन माग गर्दा सुरुमा कार्यदल बन्न नदिएको, पछि प्रतिवेदन सार्वजनिक हुनै नदिएको र संघर्षकै बलमा प्रतिवेदन अनुसार ऐनका मस्यौदा बनेको बताउनु भयो।

उहाले थापा राष्ट्रिय मुद्दामा भुमिका खेल्न नचुक्ने नेताको रुपमा आफूले जानकारी पाएको भन्दै निर्वाचनमा जनताले आफ्ने पक्षमा बोल्ने सही नेता चुन्नुपर्ने दोहोर्याउनु भयो। ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्