समाचार

मधेसी नागरिकले संविधान संशोधन गर्ने पक्षधरलाई मतदान गर्छन् : डा. भटटराई

By थाहा अनलाइन

December 02, 2017

सैघाली खबर, महोत्तरी, १६ मंसिर । – मधेसी नागरिकले संविधान संशोधन गर्ने पक्षधरलाई मतदान गर्ने नयाँ शक्ति नेपालका संयोजक एवम पूर्वप्रधानमन्त्री डा। बाबुराम भटटराईले बताउनुभएको छ । महोत्तरीको गौशाला आउनुभएका संयोजक डा। भटटराईले वर्तमान समयमा नेपाली कांग्रेस र वाम गठबन्धन संविधान संशोधनको विरुद्धमा उभिएकाले अब मधेसी नागरिकले नयाँ शक्ति, राजपा र फोरमका उम्मेदवारलाई विजयी गराए मात्र संविधान संशोधन हुने बताउनुभयो । नयाँ शक्ति पहिले पनि मधेसीको अधिकारका लागि लडदै आएकोले संविधानमा हकअधिकार स्थापित गर्नका लागि अहम भूमिका निर्वाह गर्नका लागि पनि आग्रह गर्नुभयो ।