संक्रमण जोखिमले प्रदेश १ का आठ जिल्ला रेडजोनमा



काठमाण्डौं, वैशाख २२
संघीय सरकारले लकडाउनको मोडल परिर्वतन गर्ने तयारी गरिरहँदा कोरोना संक्रमण फैलन सक्ने खतरताका दृष्टिले प्रदेश १ का आठ जिल्लालाई अति जोखिमपूर्ण क्षेत्रको सूचीमा राखिएको छ ।

जोखिम क्षेत्र अर्थात् रेडजोनमा प्रदेश राजधानी विराटनगरअवस्थित मोरङ जिल्ला पनि छ । प्रदेश १ को उदयपुरमा २८, झापामा दुई र भोजपुरमा एक जना गरी प्रदेशभरि ३१ जना संक्रमित फेला परिसकेका छन् । सरकारले महामारी नियन्त्रण तथा रोकथामका लागि केन्द्रीय तहमा निर्माण गरेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा सुरक्षा निकायले रणनीतिक रायसुझाव पेस गरिसकेको छ ।

सुरक्षा स्रोतका अनुसार प्रदेशका तराई–मधेसमा अवस्थित जिल्लाहरू झापा, मोरङ र सुनसरी तथा भित्री मधेसको उदयपुरसहित पहाडी जिल्ला इलाम, तेह्रथुम र भोजपुर रेडजोनमा छन् । यसैगरी हिमाली जिल्ला ताप्लेजुङलाई पनि उच्च जोखिमपूर्ण क्षेत्रमै राखिएको छ ।

धनकुटा, संखुवासभा, खोटाङ, ओखलढुङ्गा आंशिक जोखिम अर्थात् (एल्लो जोन) मा छन् । यसैगरी हिमाली जिल्ला सोलुखुम्बु भने न्यून जोखिम (ग्रिनजोन) मा छ । रेडजोनमा परेका ८ जिल्लामा अरू १५ दिनसम्म लकडाउन जारी राख्दा उपयुक्त हुने सुरक्षा संयन्त्रले सरकारलाई सुझाव दिएको बताइएको छ ।प्रदेशहरूबाट प्राप्त सुझावका आधारमा सरकारले लकडाउनको मोडालिटी कस्तो बनाउने भन्ने तयारी गर्ने संघीय सरकारले जानकारी गराइसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्