आँचार संहिता उल्ङघन गरे कारर्वाही गर्छाै,आयुक्त




सैघाली खबर
दाङ,१६ मंसिर । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालको निर्वाचन आँचार संहिता उल्ङघन गर्ने उम्मेदवारलाई कारर्वाही गर्ने वताउनु भएको छ । २१ गते हुने निर्बाचनलाई लक्षित गरी अनुगमनका क्रममा दाङ आउनु भएका आयुक्त पौड्यालले घोराहीमा पत्रकार संग कुरा गर्दे यस्तो वताउनु भएको हो । आँचार संहिता उम्मेदवारका लागि नैतिक बन्धन भएको वताउँदै यसको पालन सबैले गर्नु पर्ने वताउनुभयो । पत्रकार भेटघाटका क्रममा बोल्दै आयुक्त पौड्यालले लिखित र मौखिक जुन रुपमा उम्मेदवार र दलका विरुद्धमा उजुरी आए कारर्वाही गर्ने अधिकार मुल्याङन कर्तालाई दिएको वताउँनुभयो ।

आँचार संहिताका विषयमा कसैसंग सम्झौता नहुने वताउँदै अब त्यसमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । त्यसक्रममा बोल्दै आयुक्त पौड्यालले सुरक्षाको हिसाबले दाङ अत्यन्तै मजबुद भएको वताउनुभयो । बुथ कब्जा गर्न नदिने आयोगको पहिलो योजना बनाएको वताउँदै त्यसका लागि मतदानका दिन प्रहरी,सशस्त्र प्रहरी नेपाली सेना ब्यापक मात्रामा प्रयोग हुने वताउनुभयो । कार्यक्रममा बोल्दै दाङका प्रमुख निर्वाचन अधिकृत हेमन्त रावलले २१ गते हुने निर्वाचनका लागि सबै तयारी पुरा भएको वताउनुभयो । निर्वाचनका लागि आबश्यक पर्ने कर्मचारी देखि मतदान स्थलको सुरक्षा व्यवस्था समेत मिलाई समेको वताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्