दुईदिने सहकारी तालिम



सैघाली खबर
दाङ, १६ मंसिर । पद्यमोदय क्याम्पस घोराहीमा अध्ययरत विद्यार्थीहरुलाई लेखाविधिको प्रयोग र सहकारी व्यवस्थापन सम्वन्धी दुईदिने तालिम शनिवार घोराहीमा सम्पन्न भएको छ । पद्यमोदय क्याम्पस घोराही र पद्यमोदय क्याम्पस शिक्षक विद्यार्थी समन्वय समितिको संयुक्त आयोजनामा तालिम सम्पन्न भएको हो ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बम वहादुर डिसीको अध्यक्षता एंव निर्वतमान क्याम्पस प्रमुख गोविन्द प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वोल्नेवक्ताहरुले विद्यार्थीहरुमा सैद्धान्तीक ज्ञान संगै व्यवहारिक ज्ञानको आवश्यक रहनु पर्नेमा जोड दिएका थिए । उक्त समापन कार्यक्रममा क्याम्पस प्रमुख निश्चल आचार्यले पनि भनाई राख्नुभएको थियो । तालिमको प्रशिक्षणमा राष्ट्रिय सहकारी वंैक घोराही शाखाका प्रमुख नारायण वेल्वासे रहनु भएको थियो ।

तालिममा क्याम्पसका व्यवस्थापन संकाय एक सय ५ जना विद्यार्थीहरु सहभागीता रहेको थियो । शिक्षक विद्यार्थी समन्वय समितिका अध्यक्ष अमर घर्ति मगरको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यार्थी प्रेम वंलीले गर्नुभएको थियो । प्रशिक्षणका लागि दाङ जिल्ला उद्योग वाणिज्य संघका हलको व्यवस्थापन गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्