च्याम्पियन्स ट्रफी क्रिकेटमा भारत भारत विजयी, आज अष्ट्रेलिया र बंगलादेश भिड्ने ।।



trafi kirket

जेष्ठ,२२
इंग्ल्याण्डमा जारी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतले पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको छ । एसियाका चिरपरिचित प्रतिस्पर्धी भारत र पाकिस्तानबीच आइतबार राति सम्पन्न खेलमा भारत १ सय २४ रनले विजयी भएको हो । बर्मीङ्घममा भएको खेलमा पहिले व्याटिङ गरेको भारतले निर्धा्रित ४८ ओभरमा ३ विकेट गुमाएर ३ सय १९ रन बनायो । भारतका लागि रोहित शर्माले ९१ रन तथा कप्तान विराट कोहलीले अविजित ८१ रन जोडे । यसैगरी शिखर धवनले ६८ रन जोड्दा युवराज सिंहले ५३ रनको योगदान दिए । वर्षाले प्रभावित खेलमा पाकिस्तानलाई ४१ ओभरमा २ सय ८९ रनको नयाँ लक्ष्य दिईयो । तर पाकिस्तानी टोली ३४ औं ओभरमा १ सय ६४ रनमै समेटियो । च्याम्पियन्स ट्रफी क्रिकेटमा आज अष्ट्रेलिया र बंगलादेश भिड्नेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्