ए.आई.जीं. ले मतदातालाई भने तपाई ढुक्क हुनस् घटना घटेको दश मिनेटमै पुग्छ



सैघाली खबर
दाङ १६ मंसिर । ए.आई.जीं. मधुप्रशाद पुडासैनिले आगामी २१ गते हुने प्रतिनिधी र प्रदेश सभा निर्वाचनका लागि सूरक्षा व्यवस्था कडा पारेको वताउनु भएको छ । ५ नं. प्रदेश प्रहरी कार्यालयले तुलसीपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ए.आई.जीं. मधुप्रशाद पुडासैनिले यस्तो वताउनु भएको हो ।निर्वाचनलाई शान्त, भयरहित वातावरणमा बनाउन केन्द्रवाट हातहतियार, जनशक्ति थप भएर आएको भन्दै मतदातालाई ढुक्क भएर भोट हाल्न आग्रह गर्नुभयो । निर्वाचन विरोधि कृयाकलापलाई नियन्त्रण गर्न प्रहरी लागि परेको केन्द्रीय निर्वाचन सुुरक्षा योजना अनुसार यहाँ काम कारवाही अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।रक्सी खाएर होहल्ला गर्ने, निर्वाचन विरोधमा डर, धम्कि दिने, चन्दा आतंक, जर्बजस्ती असुली, गुण्डागर्दी नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागु गरिएको उहाँको भनाई छ ।

मंसिर १८ गतेसम्म सबै मतदान केन्द्रमा निर्वाचन सामग्री सहित प्रहरीलाई मतदान केन्द्रमा पठाउनुका साथै प्रदेशको शान्ति सुरक्षा चुस्त राखिएको वताउनुभयो ।प्रदेशको १० वटै जिल्लामा पुगेर त्यहा शान्ति सुरक्षा अवस्थाका वारेमा बुझेको भन्दै मंसिर २१ गतेको निर्वाचनमा ढुक्ककासाथ आफ्नो जनप्रतिनिधिलाई मतदान गर्न उहाँले सर्वसाधारणलाई आग्र गर्नुभयो ।बसपार्क, होटल तथा गेष्ट हाउस, जिल्ला भित्रिने तथा बाहिरिने नाकामा विशेष सुरक्षा योजना लागु गरेको समेत जानकारी दिनुभयो । सो अवसरमा दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख दुर्गा चन्द सिँहले जिल्लाको सुरक्षा अवस्थाका वारेमा जानकारी दिदै दाङको सुरक्षा अवस्था कडा पारीएको र निर्वाचन विरोधी कृयाकलाप भएमा प्रहरी सुचना दिन नागरीकलाई आग्रह गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्