निर्वाचनका लागि कर्मचारी खटिए



सैघाली खबर
काठमाडौं,१७ मंसिर

प्र्रतिनिधि र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन आउन ४ दिन मात्र बाँकी छ । निर्वाचन आयोगले मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । निर्वाचन क्षेत्रमा कर्मचारी पुगिसकेको र आज देखि मतदान केन्द्रको तयारीमा लाग्ने आयोगले बताएको छ ।  आयोगका प्रवक्ता नवराज ढकालले आजदेखि सम्पूर्ण कर्मचारी खटिसकेका जानकारी दिनुभयो । आगामी मंसिर २१ गते ४५ जिल्लामा निर्वाचन हुँदैछ । दोस्रो चरण अन्तरगत प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभा सदस्यतर्फ २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ । दोस्रो चरणमा १ करोड २१ लाख ९८ हजार ८५२ मतदाताले मताधिकारको प्रयोग गर्ने जनाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्