आज अन्तराष्ट्रिय  अपांगता दिवस मनाइदै



सैघाली खबर
काठमाडौं,१७ मंसिर

आज २६औं अन्तराष्ट्रिय अपांगता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

‘कोही पनि नछुटुन्, दिगो विकासको नारा ः अपाङ्गता मैत्री योजना कार्यान्वयनमा जुटौँ हामी सारा’ भन्ने राष्ट्रिय नाराका साथ देशभरी दिवस मनाइदैछ । विश्वव्यापी रुपमा भने ‘सबैका लागि दिगो र समतामूलक समाजउन्मुख रुपान्तरण’ नारा तय गरिएको छ ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको संयोजनमा आज विभिन्न कार्यक्रम हुँदैछन् । राजधानीमा विहान प्रभातफेरिको आयोजना पनि गरिएको छ ।

विभिन्न गैरसरकारी संघसंस्थाहरुले पनि कार्यक्रम गर्दैछन् । विश्व स्वास्थ्य सङ्गठन र विश्व बैंकद्वारा सन् २०११ मा प्रकाशित पछिल्लो अपाङ्गता सम्बन्धी विश्व प्रतिवेदन अनुसार संसारमा कुल जनसङ्ख्याको १५ प्रतिशत मानिस कुनै न कुनै रूपमा अपाङ्गताको अवस्थामा बाँचिरहेका छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले जनाए अनुसार अपाङ्गता भएका व्यक्ति ८० प्रतिशत विकासोन्मुख देशमा रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्