किराँत समूदायको ठुलो चाड उधौली पर्व मनाइदै



सैघाली खबर
काठमाडौं,१७ मंसिर

आज किराँत समूदायको ठुलो चाड उधौली पर्व मनाइदैछ । प्रकृति र पितृको पूजा गरि किराँत समूदायले आफूले लगाएको अन्नबाली पाकेपछी आफ्नो कुल देवतालाई चढाएपछि मात्र खाने दिनलाई चाडका रुपमा मनाउन गर्दछन् ।

परम्परा अनुसार २ दिन अघि लिम्बुले चासो तग्नाम पर्व मनाउने गर्छन् भने याख्खाले चासुवा, सुनुवारले खोल स्यादर र राईले उधौली साकेला भनेर आज संयुक्तरुपमा मनाउने गरिन्छ ।

किराँत राईको मुख्य पर्व साकेला उभौली बैशाख पूर्णिमाको दिन र उधौली मंसिर पूर्णिमाको दिन मनाइन्छ ।यस पर्वको मेलामा सबै उमेरका मानिसहरु आपसमा गोलो घेरा बनाएर नाच्ने गर्दछन् । सरकारले आज सार्वजनिक विदा पनि दिएको छ । चुनावी क्षेत्रमा रहेका बैंकहरु भने आज खुला रहनेछन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्